श्रीमतीलाई घाइते बनाई श्रीमानले गरे आत्महत्या

इलाम,६ असोज । इलामका एक व्यक्तिले श्रीमतीलाई घाइते बनाई आफू झुन्डिएर आत्महत्या गरेका छन् ।

 

इलाम नगरपालिका वडा नं.१ साखेजुङ बस्ने ४५ वर्षीय प्रकाशचन्द्र राईले आफ्नै श्रीमती ४० वर्षीया टिका मुखिया (राई) लाई खुकुरी प्रहार गरि घाइते बनाई आफूले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

 

सोमबार बिहान १० बजे राईले श्रीमती टिकालाई बाँया हात र टाउकोमा खुकुरी प्रहार गरि घाइते बनाएका थिए । घटनाबारे छिमेकी गणदेव राईले टेलिफोनमार्फत प्रहरी चौकी रक्सेमा बताएका थिए । प्रहरी टोली खटिएर घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल इलाम तर्फ पठाएको थियो । बोल्न नसक्ने उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने प्रकाशचन्द्रलाई खोजतलास गर्ने क्रममा सोही ठाउँमा रहेको झिगनिको रुखमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थल सुरक्षित राखिएको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय इलामले बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले