मन्त्रीमण्डलको संख्या ८ पुग्यो

सरकार बिस्तारका क्रममा आज चार मन्त्रीको सपथ ग्रहण सम्पन्न

बिज्ञताका आधारमा मन्त्रीहरुको नाम सिफारीस गरिएको दावि

काठमाण्डौं,६ असोज। नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनु भएको छ्। सोमबार शीतलनिवासमा आयोजित समारोहमा उहाँहरूले सपथ ग्रहण गर्नुभएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त कानून न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री अनिल कुमार सिन्हा, कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई शपथ गराउनु भएको हो।

 

प्रधानमन्त्री सुशीला कार्कीले उहाँहरूलाई मन्त्री नियुक्त गर्न राष्ट्रपति समक्ष नाम सिफारिस गर्नु भएको थियो। यसअघि अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले शपथ ग्रहणसहित पदभार ग्रहण गरिसकनु भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमण्डलमा हेरफेर समेत गर्नु भएको छ।

 

अर्थमन्त्री खनाललाई संघीय मामिला मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ भने गृहमन्त्री अर्याललाई दिइएको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी नवनियुक्त मन्त्री सिन्हालाई दिइएको छ। यसअघि ४ सदस्यीय मन्त्रिपरिषद्मा सोमवार ४ जना थपिएपछि ८ सदस्यीय भएको छ। आविष्कार वैज्ञानिक पुन, टेलिभिजनकर्मी खरेल, पूर्वन्यायाधीश सिन्हा र तत्कालीन राज्य पुनःसंरचना समितिका संयोजक परियार मन्त्री नियुक्त हुनु भएको छ। गत भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त हुनु भएकी कार्कीले २९ गते कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गर्नु भएको थियो। ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले