काठमाण्डौ ओहोरदोहोर गर्ने मुख्य सडक अवरुद्ध हुँदा यात्रुको बिचल्ली

काठमाण्डौ,७ असोज। काठमाण्डौ ओहोरदोहोर गर्ने मुख्य सडकमा लगातारजसो पहिरो खस्ने समस्याले यात्रुको बिचल्ली भही रहेको छ । नागढुंगा–मुग्लिन सडकखण्ड अन्तर्गतको धादिङको बेनीघाट नजिकै र मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत मुग्लिन नजिकै ठूलो पहिरो खस्दा यात्रुले सास्ती भोग्नु परेको छ । मुग्लिन नजिकै तुइन खोलामा गएको शुक्रवार खसेको पहिरो पन्छाएर सोमबार देखि दुई तर्फी सडक खुले पनि फेरि पहिरो खस्ने समस्या दोहोरि रहेको छ ।

 

त्यहाँको सडक सामान्य नहुँदै फेरि मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत बेनीघाटमा गए राति अर्को ठूलो पहिरो खसेर समस्या भएको छ । धादिङको बेनीघाट नजिकै जवाङ खोलामा गएराति खसेको पहिरोका कारण सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । ठूलो पहिरो झरेका कारण तत्काल पन्छाउन सकिने अवस्था नरहेको धादिङ प्रहरीले बताएको छ ।

 

गएराति पहिरो पन्छाएर एकतर्फी सडक खुलेलगत्तै फेरि ठूलो पहिरो झरेको हो । पहिरो पन्छाउने काम भैरहेपनि सुक्खा पहिरो झर्ने क्रम नरोकिएकाले तत्कालै पहिरो पन्छाउन सम्भव नभएको प्रहरीले बताएका छन्।

सडक अवरुद्ध हुँदा दशैँमा घर गएका र काम विशेषले हिँडेका यात्रु बीचबाटोमै अलपत्र परेका छन् । यस्तै पहिरो पन्छाएर दुईतर्फी सञ्चालनमा आएको मुग्लिन नारायणगड सडक खण्डमा फेरि पहिरो झर्ने क्रम नरोकिएपछि सडक एकतर्फी मात्रै सञ्चालनमा आएको छ ।
गएको शुक्रवार मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला नजिकै खसेको पहिरो दुई दिनसम्म पन्छाउन नसक्दा यात्रुले लामो समय सास्ती भोग्नु परेको थियो । दुई दिनपछि पन्छाएर खुलाइएको सडकमा ढुङ्गा खस्न थालेपछि फेरि एकतर्फी मात्रै सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रेस स्वतन्त्रता नागरिकको सुसूचित हुन पाउने अधिकार भएको थापाको दाबी

काठमाडौँ,२० वैशाख। नेपाली कांग्रेसका सभापति गगन थापाले सत्य समाचार लेखेकै आधारमा सञ्चारकर्मीले डराउनु नपर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनु भएको छ। उहाँले यो कार्य सबैको

सुकुम्वासी बस्तीका भग्नावशेषमा कवाडी संकलन गर्नेको लर्को

काठमाडौँ,२० वैशाख। सरकारले उपत्यकाका विभिन्न सुकुम्वासी बस्ती खाली गराएसँगै भत्काइएका संरचनाका अवशेषहरू संकलन गर्नेहरूको भीड बढेको छ। गत शनिबारदेखि थापाथली, गैरीगाउँ, शंखमूल, मनोहरा, बालाजु, बल्खु,

रास्वलले भन्यो : आगामी स्थानीय तहको चुनावमा उम्मेदवार बन्न चाहानेले लिडरसिप एकेडेमी पास गर्नै पर्ने

काठमान्डौं,२० वैशाख । आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लबको सदस्य भई लिडरशिप एकेडमीबाट उतिर्ण हुनैपर्ने। यसअघि

पहिले बसोबासको व्यवस्था मिलाएर मात्रै सुकुम्बासी क्षेत्र खाली गर्नुपर्छ:पवित्रा महतारा प्रसाई

 झापा ,२० वैशाख । काठमाडौं उपत्यकाका नदी किनार तथा सार्वजनिक जग्गा खाली गर्ने क्रममा सयौं परिवार विस्थापित भएका छन् । सरकारले केही परिवारलाई अस्थायी रूपमा

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, समयमै नवीकरण नगर्नेलाई जिम्मेवारीबाट स्वतः मुक्त गरिने

काठमाडौँ, २० वैशाख। नेकपा (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यता सम्बन्धी डेमो

सरकारले ल्याएका ६ अध्यादेश , अब देश सुधार हुन्छ त?

सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका आठमध्ये ६ वटा अध्यादेश जारी भएका छन्। शनिबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले तीन अध्यादेश जारी गनर्’भएको ५ छ। शनिबार स्वास्थ्य विज्ञान