काठमाण्डौ ओहोरदोहोर गर्ने मुख्य सडक अवरुद्ध हुँदा यात्रुको बिचल्ली

काठमाण्डौ,७ असोज। काठमाण्डौ ओहोरदोहोर गर्ने मुख्य सडकमा लगातारजसो पहिरो खस्ने समस्याले यात्रुको बिचल्ली भही रहेको छ । नागढुंगा–मुग्लिन सडकखण्ड अन्तर्गतको धादिङको बेनीघाट नजिकै र मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत मुग्लिन नजिकै ठूलो पहिरो खस्दा यात्रुले सास्ती भोग्नु परेको छ । मुग्लिन नजिकै तुइन खोलामा गएको शुक्रवार खसेको पहिरो पन्छाएर सोमबार देखि दुई तर्फी सडक खुले पनि फेरि पहिरो खस्ने समस्या दोहोरि रहेको छ ।

 

त्यहाँको सडक सामान्य नहुँदै फेरि मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत बेनीघाटमा गए राति अर्को ठूलो पहिरो खसेर समस्या भएको छ । धादिङको बेनीघाट नजिकै जवाङ खोलामा गएराति खसेको पहिरोका कारण सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । ठूलो पहिरो झरेका कारण तत्काल पन्छाउन सकिने अवस्था नरहेको धादिङ प्रहरीले बताएको छ ।

 

गएराति पहिरो पन्छाएर एकतर्फी सडक खुलेलगत्तै फेरि ठूलो पहिरो झरेको हो । पहिरो पन्छाउने काम भैरहेपनि सुक्खा पहिरो झर्ने क्रम नरोकिएकाले तत्कालै पहिरो पन्छाउन सम्भव नभएको प्रहरीले बताएका छन्।

सडक अवरुद्ध हुँदा दशैँमा घर गएका र काम विशेषले हिँडेका यात्रु बीचबाटोमै अलपत्र परेका छन् । यस्तै पहिरो पन्छाएर दुईतर्फी सञ्चालनमा आएको मुग्लिन नारायणगड सडक खण्डमा फेरि पहिरो झर्ने क्रम नरोकिएपछि सडक एकतर्फी मात्रै सञ्चालनमा आएको छ ।
गएको शुक्रवार मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला नजिकै खसेको पहिरो दुई दिनसम्म पन्छाउन नसक्दा यात्रुले लामो समय सास्ती भोग्नु परेको थियो । दुई दिनपछि पन्छाएर खुलाइएको सडकमा ढुङ्गा खस्न थालेपछि फेरि एकतर्फी मात्रै सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले