जेन्जी समुहको आगजनी र तोडफोडपछि झापाका पालिकाले सुरु गरे अत्यावश्यक सेवा

झापा , ७ असोज । जेनजी समूहको आन्दोलनका कारण कार्यालय ध्वस्त भएका र कागजपत्र जलेर खरानी भएका झापाका अधिकांश पालिकाले आइतबारदेखि अति आवश्यकीय सेवा सुचारु गरेका छन् । दमक, बिर्तामोड, अर्जुनधारा, गौरादह, शिवसताक्षीलगायतका पालिकाले सेवा सुरु गरेका छन् ।

 

झापाका आठ नगरपालिका र सात गाउँपालिका गरी १५ वटा पालिका रहेकोमा अधिकांशमा तोडफोड, आगजनी भएको थियो । हल्दीबारी र कमल गाउँपालिका बाहेक सबै पालिकामा आन्दोलनकारीले आगजनी गरेका थिए । कतिपय पालिकामा वडा कार्यालयसमेत ध्वस्त भएका थिए।

 

सामाजिक सुरक्षा भत्ता नवीकरण तथा निकासा, राजस्व सङ्कलन, नागरिकता सिफारिस, घरजग्गा पास, चारकिल्ला प्रमाणित जस्ता सेवा पालिकाले सुरु गरेका छन् । कतिपय पालिकामा वडा र पालिकाको प्रशासकीय काम एकीकृत रूपमा एउटै कोठामा बसेर पालिकाका शाखाले सेवा प्रदान गर्दै आएको जनाएका छन्।

 

पालिकाले जलेको भवनबाट नै सेवा सुरु गरेका छन् । प्राविधिक जाँचपछि मर्मतसम्भार तथा पुनर्निर्माणको काम सुरु गर्ने बताइएको छ । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीका अनुसार अति आवश्यकीय सिफारिस तथा सेवालाई सुचारु गरिएको हो ।

 

गौरादह नगरपालकिाका प्रमुख छत्रपति सुवेदीका अनुसार जनताको कामलाई सकेसम्म नरोक्ने गरी काम सुचारु गरिएको छ । उहाँले भन्नुभयो, “कार्यालय र सवारीसाधनमा आगजनी गरेर धेरै नै क्षति पुगेको छ ,हामी खुला आकाशमा रहेर भए पनि सेवा प्रदान गर्न सुरु गरिसकेका छौँ ।”

 

बिर्तामोड नगरपालिकाले भने अझै सेवा सुचारु गर्न सकेको छैन । बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतराले भन्नुभयो, “पालिकाको सेवा केही दिनभित्रै सुचारु गर्ने तयारीमा छौँ । सरसफाइ र आवश्यक स्रोत साधन जुटाउन लागिपरेका छौँ ।”

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘संरचना फेरि बनाउन सकिन्छ, गुमेको जीवन फर्काउन सकिँदैन’ : कुलमान घिसिङ

काठमाडौं , भदौ १२ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अहिलेको पहिलो प्राथमिकता मानव जीवनको रक्षा,

काठमाडौं उपत्यकामा विद्युत आपूर्ति प्रभावित, समस्या कहाँ र किन भयो र ?

काठमाडौं , भदौ १२ । काठमाडौं उपत्यकामा शुक्रबार विद्युत आपूर्तिमा देखिएको समस्याबारे नेपाल विद्युत प्राधिकरणले वास्तविक कारण खुलाएको छ ।निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको

बाढीपीडितको पीडामा ओएनएफको साथ, २० लाख सहयोगसहित विश्वव्यापी राहत अभियान

काठमाडौं , भदौ १२ । बाढी तथा पहिरोले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला प्रवासी नेपाली मञ्च ९ओएनएफ० अन्तर्राष्ट्रिय कमिटीले राहत र उद्धारका

बाढीले बिछोडिएका आफन्तको खोजी, अस्पताल धाउँदै पीडितको एउटै आशा ‘सास नभए लास भेटियोस्’

काठमाडौं , भदौ १२ ।  रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोपछि आफन्त सम्पर्कविहीन भएका परिवारजन यतिबेला काठमाडौंका विभिन्न अस्पताल धाइरहेका छन् ।बाढीपहिरोपछि नेपाल प्रहरी, नेपाली सेना तथा

८७ वर्षीया राणाद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ९ लाख सहयोग

काठमाडौं , भदौ १२ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् । यो रकम राहत

५४७ जनाको मृत्यु, २७ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौं ,१२ भदौ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले २०८३ भदौ १२ गते दिउँसो ३ बजेसम्मको