कोरिया, जापान र युएईले नेपाली श्रमिकलाई भिसा रोकेको हो?

काठमाण्डौं,७ असोज । भर्खरैको जेन–जी आन्दोलनपछि दक्षिण कोरिया, जापान र युएईले नेपाली श्रमिकहरूलाई भिसा दिन रोकेको भन्ने चर्चा सामाजिक सञ्जालमा व्यापक छ। तर यो आधिकारिक रूपमा पुष्टि भएको छैन।

 

वैदेशिक रोजगार विभागका निर्देशक टिकाराम ढकालका अनुसार, युएईले भिजिट भिसामा केही कडाइ गरे पनि कामदार भिसामा रोक लगाएको छैन। जापान र कोरियातर्फ पनि कुनै समस्या नरहेको उहाँले बताउनु भयो। दक्षिण कोरियाको इपिएस शाखा प्रमुख राजकुमार राईका अनुसार, इपिएस मार्फत सातामा औसत २५० जना नेपाली श्रमिक नियमित रूपमा कोरिया उडिरहेका छन्।। असोज ५ देखि ८ गतेसम्म मात्रै २६८ जना श्रमिक कोरिया जान लागेका छन्। । तर वैदेशिक रोजगार व्यवसायी संघका अनुसार, केही मुलुकले भिसा प्रक्रियामा कडाइ थालेका छन्।

महासचिव महेशकुमार बस्नेतका अनुसार, युएई, साउदी लगायत देशले नेपालमा भएको आन्दोलन र जेलबाट कैदी भागेको घटनालाई लिएर सुरक्षा चिन्ता व्यक्त गरेका छन्। । संघका सचिव कुन्छा दोर्जे दिमदोङका अनुसार, युएईले हाल भिजिट भिसा बन्द गरिसकेको छ भने कामदार भिसा पनि होल्डमा राखिएको छ।

नयाँ आवेदनहरू स्वीकृत भएका छैन्न् तर पुरानो भिसाबाट श्रमिकहरू गइरहेका छन्। । हालसम्म कुनै देशले आधिकारिक रूपमा श्रमिक भिसामा रोक लगाएको घोषणा भने गरेका छैन्न्। । वैदेशिक रोजगार विभागले नियमित रूपमा श्रम स्वीकृति दिइरहेको जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले