कोरिया, जापान र युएईले नेपाली श्रमिकलाई भिसा रोकेको हो?

काठमाण्डौं,७ असोज । भर्खरैको जेन–जी आन्दोलनपछि दक्षिण कोरिया, जापान र युएईले नेपाली श्रमिकहरूलाई भिसा दिन रोकेको भन्ने चर्चा सामाजिक सञ्जालमा व्यापक छ। तर यो आधिकारिक रूपमा पुष्टि भएको छैन।

 

वैदेशिक रोजगार विभागका निर्देशक टिकाराम ढकालका अनुसार, युएईले भिजिट भिसामा केही कडाइ गरे पनि कामदार भिसामा रोक लगाएको छैन। जापान र कोरियातर्फ पनि कुनै समस्या नरहेको उहाँले बताउनु भयो। दक्षिण कोरियाको इपिएस शाखा प्रमुख राजकुमार राईका अनुसार, इपिएस मार्फत सातामा औसत २५० जना नेपाली श्रमिक नियमित रूपमा कोरिया उडिरहेका छन्।। असोज ५ देखि ८ गतेसम्म मात्रै २६८ जना श्रमिक कोरिया जान लागेका छन्। । तर वैदेशिक रोजगार व्यवसायी संघका अनुसार, केही मुलुकले भिसा प्रक्रियामा कडाइ थालेका छन्।

महासचिव महेशकुमार बस्नेतका अनुसार, युएई, साउदी लगायत देशले नेपालमा भएको आन्दोलन र जेलबाट कैदी भागेको घटनालाई लिएर सुरक्षा चिन्ता व्यक्त गरेका छन्। । संघका सचिव कुन्छा दोर्जे दिमदोङका अनुसार, युएईले हाल भिजिट भिसा बन्द गरिसकेको छ भने कामदार भिसा पनि होल्डमा राखिएको छ।

नयाँ आवेदनहरू स्वीकृत भएका छैन्न् तर पुरानो भिसाबाट श्रमिकहरू गइरहेका छन्। । हालसम्म कुनै देशले आधिकारिक रूपमा श्रमिक भिसामा रोक लगाएको घोषणा भने गरेका छैन्न्। । वैदेशिक रोजगार विभागले नियमित रूपमा श्रम स्वीकृति दिइरहेको जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘संरचना फेरि बनाउन सकिन्छ, गुमेको जीवन फर्काउन सकिँदैन’ : कुलमान घिसिङ

काठमाडौं , भदौ १२ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अहिलेको पहिलो प्राथमिकता मानव जीवनको रक्षा,

काठमाडौं उपत्यकामा विद्युत आपूर्ति प्रभावित, समस्या कहाँ र किन भयो र ?

काठमाडौं , भदौ १२ । काठमाडौं उपत्यकामा शुक्रबार विद्युत आपूर्तिमा देखिएको समस्याबारे नेपाल विद्युत प्राधिकरणले वास्तविक कारण खुलाएको छ ।निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको

बाढीपीडितको पीडामा ओएनएफको साथ, २० लाख सहयोगसहित विश्वव्यापी राहत अभियान

काठमाडौं , भदौ १२ । बाढी तथा पहिरोले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला प्रवासी नेपाली मञ्च ९ओएनएफ० अन्तर्राष्ट्रिय कमिटीले राहत र उद्धारका

बाढीले बिछोडिएका आफन्तको खोजी, अस्पताल धाउँदै पीडितको एउटै आशा ‘सास नभए लास भेटियोस्’

काठमाडौं , भदौ १२ ।  रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोपछि आफन्त सम्पर्कविहीन भएका परिवारजन यतिबेला काठमाडौंका विभिन्न अस्पताल धाइरहेका छन् ।बाढीपहिरोपछि नेपाल प्रहरी, नेपाली सेना तथा

८७ वर्षीया राणाद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ९ लाख सहयोग

काठमाडौं , भदौ १२ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् । यो रकम राहत

५४७ जनाको मृत्यु, २७ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौं ,१२ भदौ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले २०८३ भदौ १२ गते दिउँसो ३ बजेसम्मको