राष्ट्रियसभा उपाध्यक्षसहित फागुनबाट बिदा हुँदैछन् यी १९ सांसद, को–को बिदा हुँदैछन् ?

काठमाण्डौं,७ असोज । राष्ट्रियसभाका १९ सांसद आउँदो फागुनमा बिदा हुँदैछन् । २०७६ माघ ९ गते चुनिएका सांसदहरूको ६ वर्षे कार्यकाल फागुनमा सकिन लागेको हो ।
उनीहरूको कार्यावधि ०७६ फागुनबाट सुरु भएको थियो । पद रिक्त हुन ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

 

उक्त व्यवस्थाअनुसार निर्वाचन हुने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताँउनु भयो ।

को–को बिदा हुँदैछन् ?

बिदा हुने सांसदहरूमा राष्ट्रियसभा उपाध्यक्ष तथा एमाले सांसद विमला घिमिरेसहित एमालेका ८ जना छन्।। अन्य एमाले सांसदहरूमा गोपाल भट्टराई, इन्दिरादेवी गौतम, तुलसाकुमारी दहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, शारदादेवी भट्ट, सुमित्रा बिसी छन्।्।

त्यस्तै, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, गोपीबहादुर सार्की, गंगाकुमारी बेलबासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा, राधेश्याम पासवान गरी ७ जना सांसद बिदा हुँदैछन्।्।

एकीकृत समाजवादीका बेदुराम भुसाल र राष्ट्रपति मनोनीत सांसद वामदेव गौतमको कार्यकाल पनि सकिँदैछ। गौतम अहिले एकीकृत समाजवादीका वरिष्ठ नेता हुन्। लोसपाका शेखरकुमार सिंह र जसपाका मृगेन्द्रकुमार सिंह यादव पनि बिदा हुने सूचीमा छन्।

२०७६ को निर्वाचनमा तत्कालीन नेकपा र राजपाबीचको गठबन्धनका कारण कांग्रेस शून्य बनेकोले यसपटक कांग्रेसका कुनै सांसद बिदा हुने छैनन्।्।

राष्ट्रियसभामा कुन दलका कति ?

हाल ५९ सदस्यीय राष्ट्रियसभामा माओवादी केन्द्रको १७ सांसदसहित बहुमत छ। कांग्रेससँग १६, एमालेसँग ११, एकीकृत समाजवादीसँग ८, जसपासँग ३, जनमोर्चा, लोसपा र राष्ट्रपतिको कोटाबाट १र १ सिट छन्। निर्वाचनमा गठबन्धन हुने वा नहुने अझै टुंगो लाग्न बाँकी छ। राष्ट्रियसभा सदस्य चयनमा प्रदेशसभा सदस्य, पालिका प्रमुखरउपप्रमुख मतदाता हुने व्यवस्था छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले