राष्ट्रियसभा उपाध्यक्षसहित फागुनबाट बिदा हुँदैछन् यी १९ सांसद, को–को बिदा हुँदैछन् ?

काठमाण्डौं,७ असोज । राष्ट्रियसभाका १९ सांसद आउँदो फागुनमा बिदा हुँदैछन् । २०७६ माघ ९ गते चुनिएका सांसदहरूको ६ वर्षे कार्यकाल फागुनमा सकिन लागेको हो ।
उनीहरूको कार्यावधि ०७६ फागुनबाट सुरु भएको थियो । पद रिक्त हुन ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

 

उक्त व्यवस्थाअनुसार निर्वाचन हुने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताँउनु भयो ।

को–को बिदा हुँदैछन् ?

बिदा हुने सांसदहरूमा राष्ट्रियसभा उपाध्यक्ष तथा एमाले सांसद विमला घिमिरेसहित एमालेका ८ जना छन्।। अन्य एमाले सांसदहरूमा गोपाल भट्टराई, इन्दिरादेवी गौतम, तुलसाकुमारी दहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, शारदादेवी भट्ट, सुमित्रा बिसी छन्।्।

त्यस्तै, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, गोपीबहादुर सार्की, गंगाकुमारी बेलबासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा, राधेश्याम पासवान गरी ७ जना सांसद बिदा हुँदैछन्।्।

एकीकृत समाजवादीका बेदुराम भुसाल र राष्ट्रपति मनोनीत सांसद वामदेव गौतमको कार्यकाल पनि सकिँदैछ। गौतम अहिले एकीकृत समाजवादीका वरिष्ठ नेता हुन्। लोसपाका शेखरकुमार सिंह र जसपाका मृगेन्द्रकुमार सिंह यादव पनि बिदा हुने सूचीमा छन्।

२०७६ को निर्वाचनमा तत्कालीन नेकपा र राजपाबीचको गठबन्धनका कारण कांग्रेस शून्य बनेकोले यसपटक कांग्रेसका कुनै सांसद बिदा हुने छैनन्।्।

राष्ट्रियसभामा कुन दलका कति ?

हाल ५९ सदस्यीय राष्ट्रियसभामा माओवादी केन्द्रको १७ सांसदसहित बहुमत छ। कांग्रेससँग १६, एमालेसँग ११, एकीकृत समाजवादीसँग ८, जसपासँग ३, जनमोर्चा, लोसपा र राष्ट्रपतिको कोटाबाट १र १ सिट छन्। निर्वाचनमा गठबन्धन हुने वा नहुने अझै टुंगो लाग्न बाँकी छ। राष्ट्रियसभा सदस्य चयनमा प्रदेशसभा सदस्य, पालिका प्रमुखरउपप्रमुख मतदाता हुने व्यवस्था छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘संरचना फेरि बनाउन सकिन्छ, गुमेको जीवन फर्काउन सकिँदैन’ : कुलमान घिसिङ

काठमाडौं , भदौ १२ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अहिलेको पहिलो प्राथमिकता मानव जीवनको रक्षा,

काठमाडौं उपत्यकामा विद्युत आपूर्ति प्रभावित, समस्या कहाँ र किन भयो र ?

काठमाडौं , भदौ १२ । काठमाडौं उपत्यकामा शुक्रबार विद्युत आपूर्तिमा देखिएको समस्याबारे नेपाल विद्युत प्राधिकरणले वास्तविक कारण खुलाएको छ ।निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको

बाढीपीडितको पीडामा ओएनएफको साथ, २० लाख सहयोगसहित विश्वव्यापी राहत अभियान

काठमाडौं , भदौ १२ । बाढी तथा पहिरोले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला प्रवासी नेपाली मञ्च ९ओएनएफ० अन्तर्राष्ट्रिय कमिटीले राहत र उद्धारका

बाढीले बिछोडिएका आफन्तको खोजी, अस्पताल धाउँदै पीडितको एउटै आशा ‘सास नभए लास भेटियोस्’

काठमाडौं , भदौ १२ ।  रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोपछि आफन्त सम्पर्कविहीन भएका परिवारजन यतिबेला काठमाडौंका विभिन्न अस्पताल धाइरहेका छन् ।बाढीपहिरोपछि नेपाल प्रहरी, नेपाली सेना तथा

८७ वर्षीया राणाद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ९ लाख सहयोग

काठमाडौं , भदौ १२ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् । यो रकम राहत

५४७ जनाको मृत्यु, २७ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौं ,१२ भदौ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले २०८३ भदौ १२ गते दिउँसो ३ बजेसम्मको