काठमाण्डौ,७ असोज। सरकारले ३ जना सचिवको सरुवा गरेको छ । गृहसचिव गोकर्णमणि दुवाडी, रक्षा सचिव रामेश्वर दङ्गाल र राष्ट्रिय योजना आयोगका सचिव सुमन राज अर्याल सरुवा हुनु भएको छ।
आइतवार बेलुका बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार गृहसचिव दुवाडीलाई योजना आयोगमा पठाइएको छ । गृहसचिवमा रामेश्वर दङ्गाललाई ल्याइएको छ । रक्षा सचिवमा योजना आयोगका सचिव अर्याललाई पठाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बताएको छ ।
हिजो सार्वजनिक बिदा भएकाले मंगलबार मुख्य सचिव एकनारायण अर्यालले सरुवा प्रमाणित गर्नुभएको हो ।









