विराटनगर वडा ८ का अध्यक्षलाई स्थानीय केही व्यक्तिहरूबाट ज्यान मार्ने धम्की

विराटनगर ,८ असोज । विराटनगर महानगरपालिका वडा नं. ८ का वडाध्यक्षले स्थानीय केही व्यक्तिहरूबाट ज्यान मार्नेसम्मको धम्की आएपछि वडा कार्यालयमा बसेर काम गर्न सक्ने अवस्था नरहेको गुनासो गर्नु भएको छ । हालैको ‘जेनजी’ आन्दोलनको प्रभाव अझै कायम रहेको र सुरक्षाको अभावका कारण आफू असुरक्षित महसुस गरिरहेको उहाँले बताँउनु भएको छ ।

 

‘म आज पनि वडा कार्यालयमा थिएँ, तर बस्न सक्ने अवस्था नभएपछि घर फर्किएँ, वडाध्यक्षले भन्नु भयो। ‘मार्दिन्छु, कुट्दिन्छु, हान्दिन्छु जस्ता धम्कीहरू आइरहेका छन् । यस्तै धम्कीका कारण म कार्यालयमा नियमित बस्न सकेको छैन ।धम्की दिनेहरू बाहिरी नभएर स्थानीय व्यक्तिहरू नै रहेको उहाँको भनाइ छ ।

 

वडाध्यक्षका अनुसार, केही स्थानीयले दशैँ खर्चको निहुँमा धम्क्याउने गरेका छन् । साथै, केही समूहले झन्डी मुकुट र तासजस्ता जुवा खेलाउन पाउनुपर्ने वा त्यसलाई पूर्ण रूपमा बन्द गर्नुपर्ने जस्ता अनावश्यक विषय उठाएर निहुँ खोज्ने र झगडा गर्ने गरेको उहाँले बताउनु भयो । ‘कोही रक्सी खाएर आउँछन्, कसैलाई दशैँ खर्च चाहियो भन्छन्। यिनै निहुँमा झगडा हुन्छ ।’

 

जनप्रतिनिधिको हैसियतले यस्ता गैरकानुनी क्रियाकलापलाई न त सञ्चालन गर्न अनुमति दिन सक्ने, न त एक्लै रोक्न सक्ने अवस्थामा रहेको बताउँदै उहाँले यिनै विषयलाई लिएर आफूमाथि आक्रमणको प्रयास भइरहेको बताउनु भयो । ‘आगो लाइदिन्छु, मार्दिन्छु, हान्दिन्छु भन्ने धम्की आउँछ । वडामा शान्ति सुरक्षाको अवस्था कमजोर छ, प्रहरी बाहिर आउन सकेको छैन । यस्तो अवस्थामा कसरी काम गर्नु ?’ उहाँले प्रश्न गर्नु भयो।

 

आन्दोलनका क्रममा विराटनगरका १३ वटा वडा कार्यालयमा क्षति पुगेको थियो, जसमध्ये केहीमा आगजनी नै गरिएको थियो ।
यद्यपि, वडाध्यक्षले यस्तो परिस्थितिमा पनि वडाको सेवा प्रवाह भने नरोकिएको दाबी गर्नु भयो। आफ्नो वडामा धेरै भौतिक क्षति नभएकाले भदौ २५ गतेदेखि नै सेवाहरू निरन्तर दिइरहेको उहाँले जानकारी दिनु भयो । मैले सबै सेवा दिइरहेको छु,‘उहाँले भन्नु भयोे, ‘अन्य क्षति भएका वडा, जस्तै १९ नम्बर वडाका ज्येष्ठ नागरिकको सेवा पनि मेरै वडाबाट उपलब्ध गराएको छु । आवश्यक सिफारिसहरू सबै यहीँबाट भइरहेका छन् ।’

तर, निरन्तर काम गर्दागर्दै पनि स्थानीयबाटै असुरक्षित हुनुपरेकोमा उहाँले दुःख व्यक्त गर्नु भयो । ‘मान्छेहरू काम भएन भन्छन्, तर हामीलाई कार्यालयमा बस्ने अवस्था नै छैन,उहाँले भन्नु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रेस स्वतन्त्रता नागरिकको सुसूचित हुन पाउने अधिकार भएको थापाको दाबी

काठमाडौँ,२० वैशाख। नेपाली कांग्रेसका सभापति गगन थापाले सत्य समाचार लेखेकै आधारमा सञ्चारकर्मीले डराउनु नपर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनु भएको छ। उहाँले यो कार्य सबैको

सुकुम्वासी बस्तीका भग्नावशेषमा कवाडी संकलन गर्नेको लर्को

काठमाडौँ,२० वैशाख। सरकारले उपत्यकाका विभिन्न सुकुम्वासी बस्ती खाली गराएसँगै भत्काइएका संरचनाका अवशेषहरू संकलन गर्नेहरूको भीड बढेको छ। गत शनिबारदेखि थापाथली, गैरीगाउँ, शंखमूल, मनोहरा, बालाजु, बल्खु,

रास्वलले भन्यो : आगामी स्थानीय तहको चुनावमा उम्मेदवार बन्न चाहानेले लिडरसिप एकेडेमी पास गर्नै पर्ने

काठमान्डौं,२० वैशाख । आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लबको सदस्य भई लिडरशिप एकेडमीबाट उतिर्ण हुनैपर्ने। यसअघि

पहिले बसोबासको व्यवस्था मिलाएर मात्रै सुकुम्बासी क्षेत्र खाली गर्नुपर्छ:पवित्रा महतारा प्रसाई

 झापा ,२० वैशाख । काठमाडौं उपत्यकाका नदी किनार तथा सार्वजनिक जग्गा खाली गर्ने क्रममा सयौं परिवार विस्थापित भएका छन् । सरकारले केही परिवारलाई अस्थायी रूपमा

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, समयमै नवीकरण नगर्नेलाई जिम्मेवारीबाट स्वतः मुक्त गरिने

काठमाडौँ, २० वैशाख। नेकपा (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यता सम्बन्धी डेमो

सरकारले ल्याएका ६ अध्यादेश , अब देश सुधार हुन्छ त?

सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका आठमध्ये ६ वटा अध्यादेश जारी भएका छन्। शनिबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले तीन अध्यादेश जारी गनर्’भएको ५ छ। शनिबार स्वास्थ्य विज्ञान