दमकको बजारमा दशैँको भीड

जेन जी आन्दोलनले कारोबारमा पार्यो प्रभाव

दमक, ९ असोज। नेपालीहरुको महान चाड वडा दशैँ नजिकिँदै गर्दा दमक बजारमा चहलपहल उल्लेख्य रुपमा बढेको छ । विशेष गरी बजारमा रहेका कपडा पसल, फर्निचर पसल, जुत्ता पसल र फेन्सी पसलहरुमा बिहानै देखी ग्राहकहरु उल्लेख्य रुपमा भिड देखिएको छ । स्थानीय र वरपरका गाँउ— सहरबाट मानिसहरु विभिन्न सामान खरिद गर्न बजार प्रवेश गरेका छन् ।

 

दमक बजारमा रहेका कपडा र जुत्ता पसलहरुमा किनमेल गर्नेहरुको भिड लागेको छ । दशैँ आउने बित्तिकै नयाँ कपडा किन्ने चलनले गर्दा यति बेला दमक बजार उपभोक्ताहरुको भिडले भरिएको छ । व्यापारहरुको लागी पनि यो समय नै व्यापार गर्ने मौकाको समय भएकाले पसलहरुमा व्यस्त देखिन्छन् ।

 

दशैँ नजिकिँदै गर्दा व्यापार राम्रै भई रहेको तर, केही दिन अघि भएको जेन्जीको आन्दोलनका कारण दशैँको लागी ल्याउनुपर्ने कपडाहरु भर्खरै मात्र आएकोले व्यापार गर्न एकदमै थोरै समय पाएको बताउनुहुन्छ दमक चौकमा रहेको ४००,६००, ८०० र १००० स्टोरका सञ्चालक हरी प्रसाद तिवारी ।

 

आन्दोलनले केही दिन बजार बन्द भएकाले व्यापार गर्न नपाए पनि यति बेला भने सोचे भन्दा राम्रो व्यापार भई रहेको कपडा व्यवसायीहरुको भनाई छ । कुनै बेला थाम्नै नसकिने गरी ग्राहकहरु आउने र कुनै बेला आउँदै नआउने अनुभब सुनउनु  हुन्छ दमक ६मा रहेको गंगा जमुना स्टोरका सञ्चालक सन्जय चौधरी ।

 

पहिला पहिलाको वर्षमा भन्दा चाहीँ यो वर्ष लुगा किन्ने ग्राहकहरुको भिड निकै बढेको बताउनुहुन्छ गुप्ता रेडिमेड स्टोरकी कर्मचारी सर्मिला लिम्बु । उहाँका अनुसार दशैँको समयमा महिलाहरुको कुर्था सुरुवालको अत्याधीक ब्रिक्री हुने गरेको छ ।

व्यापार गर्ने अवसर हो दशैँ तर, यो वर्ष भने आन्दोलकका कारण केही दिन पसल बन्द गर्नु परेको र परिस्थिती असहज भएकोले सामान पनि ढिलो आयो । अनी व्यापारीहरु नयाँ सामान हाल्ने कि नहाल्ने भन्ने दुविधामा पनि रहे । जसले गर्दा उपभोक्ताले पनि छनौटमा कपडा किन्न पाएनन भने व्यापारीले पनि दील खोलेर व्यापार गर्न सकेनन । यो वर्ष कपडा पसलको व्यापारमा पनि जेन जी आन्दोलनले प्रत्यक्ष पार्यो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका