दमकको बजारमा दशैँको भीड

जेन जी आन्दोलनले कारोबारमा पार्यो प्रभाव

दमक, ९ असोज। नेपालीहरुको महान चाड वडा दशैँ नजिकिँदै गर्दा दमक बजारमा चहलपहल उल्लेख्य रुपमा बढेको छ । विशेष गरी बजारमा रहेका कपडा पसल, फर्निचर पसल, जुत्ता पसल र फेन्सी पसलहरुमा बिहानै देखी ग्राहकहरु उल्लेख्य रुपमा भिड देखिएको छ । स्थानीय र वरपरका गाँउ— सहरबाट मानिसहरु विभिन्न सामान खरिद गर्न बजार प्रवेश गरेका छन् ।

 

दमक बजारमा रहेका कपडा र जुत्ता पसलहरुमा किनमेल गर्नेहरुको भिड लागेको छ । दशैँ आउने बित्तिकै नयाँ कपडा किन्ने चलनले गर्दा यति बेला दमक बजार उपभोक्ताहरुको भिडले भरिएको छ । व्यापारहरुको लागी पनि यो समय नै व्यापार गर्ने मौकाको समय भएकाले पसलहरुमा व्यस्त देखिन्छन् ।

 

दशैँ नजिकिँदै गर्दा व्यापार राम्रै भई रहेको तर, केही दिन अघि भएको जेन्जीको आन्दोलनका कारण दशैँको लागी ल्याउनुपर्ने कपडाहरु भर्खरै मात्र आएकोले व्यापार गर्न एकदमै थोरै समय पाएको बताउनुहुन्छ दमक चौकमा रहेको ४००,६००, ८०० र १००० स्टोरका सञ्चालक हरी प्रसाद तिवारी ।

 

आन्दोलनले केही दिन बजार बन्द भएकाले व्यापार गर्न नपाए पनि यति बेला भने सोचे भन्दा राम्रो व्यापार भई रहेको कपडा व्यवसायीहरुको भनाई छ । कुनै बेला थाम्नै नसकिने गरी ग्राहकहरु आउने र कुनै बेला आउँदै नआउने अनुभब सुनउनु  हुन्छ दमक ६मा रहेको गंगा जमुना स्टोरका सञ्चालक सन्जय चौधरी ।

 

पहिला पहिलाको वर्षमा भन्दा चाहीँ यो वर्ष लुगा किन्ने ग्राहकहरुको भिड निकै बढेको बताउनुहुन्छ गुप्ता रेडिमेड स्टोरकी कर्मचारी सर्मिला लिम्बु । उहाँका अनुसार दशैँको समयमा महिलाहरुको कुर्था सुरुवालको अत्याधीक ब्रिक्री हुने गरेको छ ।

व्यापार गर्ने अवसर हो दशैँ तर, यो वर्ष भने आन्दोलकका कारण केही दिन पसल बन्द गर्नु परेको र परिस्थिती असहज भएकोले सामान पनि ढिलो आयो । अनी व्यापारीहरु नयाँ सामान हाल्ने कि नहाल्ने भन्ने दुविधामा पनि रहे । जसले गर्दा उपभोक्ताले पनि छनौटमा कपडा किन्न पाएनन भने व्यापारीले पनि दील खोलेर व्यापार गर्न सकेनन । यो वर्ष कपडा पसलको व्यापारमा पनि जेन जी आन्दोलनले प्रत्यक्ष पार्यो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वरुण र छुजुङ जलविद्युतविरुद्ध स्थानीय आन्दोलित

काठमाडौं,९ भदौ । संखुवासभाको भोटखोला गाउँपालिकाभित्र रहेका वरुण, छुजुङ्ग, बकाङ्ग लगायतका नदी तथा खोलानाला माथि जलविद्युत परियोजनाका नाममा भइरहेको हस्तक्षेप रोक्न स्थानीयवासीले सरकारसँग माग गरेका

डोल्पामा एकैसाथ देखिए तीन हिउँ चितुवा

डोल्पा,९ भदौ । हिमाली जिल्ला डोल्पामा एकैपटक तीन वटा हिउँ चितुवाहरु देखिएका छन् । डोल्पो बुद्ध गाउँपालिका–१ धो तारापको मिर्बु खोला क्षेत्रमा एक माउ र

दोषीलाई संविधानसम्मत कठोर सजाय दिन सांसद रम्तेलको माग

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गर्नु भएको

संक्रामक पशु रोग नियन्त्रण विधेयक माथि सैद्धान्तिक छलफल

काठमाडौँ,८ भदौ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले

कोशी कटान र बालेनको भ्रमणबारे सांसद हर्क राईको आपत्ति

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गर्नु भएको छ। साथै उहाँले

विभत्स घटनाहरू बढ्दा पनि सरकार उदासीन भएको सांसद शर्माको आरोप

काठमाडौँ,८ भदौ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको