गोर्खा डिपार्टमेण्टकोको ज्याद्धती

गोर्खा डिपार्टमेण्टको साना व्यवसायी माथी ज्यादती-भाडा नतिरेको बाहनामा व्यवसायीको पसलमा ताला-डिपार्टमेण्ट भन्छ ‘कम्पनीको नियमनै यस्तै छ ।’

दमक/
दमकको मुख्य चोकमा रहेको  गोर्खा डिपार्टमेण्टका कर्मचारीले त्यहाँ रहेका  २ जना साना व्यवसायीको पसलमा जर्वजस्ती ताला लगाइदिएको गुनासो गरेका छन् ।

डिपार्टमेण्टको भुईतलामा रहेको अर्चना राई र दिलु बराईलीको पसलमा डिपार्टमेण्टले ताला लगाइदिएको  छ । मंगलबार  इटहरीबाट आएको एक हुल कर्मचारी र  प्रहरी प्रशाषनको समेत उपस्थितीमा  डिपार्टमेण्टले बलमिच्याई तरिकाले  पसलमा ताला लगाइदिएको  पीडीत महिला दिलु बराईलीले बताउनु भयो ।  २ वर्ष देखी ब्यापार गर्दै आउनु भएकी  दिलु र अर्चनाको क्रमश  ब्यूटि पार्लर र कस्मेटिक पसल छ ।
उहाँहरुले यहाँ मासिक ७ हजार ५ सय रुपैँया भाडा तिर्ने सर्त डिपार्टमेण्टसँग गर्नु भएको छ । यसघन्दा अघि घरधनीसँग ४ हजार रुपैँया मात्रै भाडा तिर्दैै आएको तर जव बिल्डिङको सबै व्यवस्थापन  डिपार्टमेण्टको मातहतमा आयो त्यसपछि भाडा पनि बढेको त्यहाँका व्यवसायीले बताएका छन् ।

पछिल्लो समय कोभिडका कारण ब्यापार कम भएको तथा अन्य विभिन्न कारणले आम्दानी घटेकोले नियमित भाडा तिर्न नसकेपनि आफ्नो बक्यौता रकम घटाउँदै लगिरँहदा डिपार्टमेण्डले दादागिरी शैलिमा पसलनै बन्द गर्नु न्यायोचित नभएको दमक उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष तथा व्यवसायीको समस्या समाधान गर्न तयार पारिएको समन्वय समितीका संयोजक राजकुमार योङहा बताउनु हुन्छ ।

यता डिपार्टमेण्टका  मानव संसाधन विभाग प्रमुख केशवराज घिमिरेले भने दमकको डिपार्टमेण्ट भएको बिल्डिङबाट लाखौ भाडा उठ्न बाँकी रहेको बताउनु भयो ।  यहाँ रहेका ब्यापारीसँग पटक पटक छलफल  गर्दा र पटक पटकको म्याद मागेर दिदा समेत  भाडा नतिरेपछि कम्पनीको नियम अनुसार  पसलमा ताला लगाइएको  उहाँले स्पष्ट पार्नु भयो । डिपार्टमेण्टको नियम अनुसार भाडा नतिर्ने ब्यापारीको पसलमा ताला लगाउने र  भाडा पूणर्रुपमा  नतिरेसम्म  नखोल्ने रहेको उहाँले बताउनु भयो ।

पछिल्लो सयम दमक सहित ठुला शहरहरुमा  ब्यापारीहरुमाथी घरधनी वा ठुला ब्यापारीहरुबाट ज्यादती बढ्दो रहेको दमक उद्योग वाणिज्य सघंले जनाएको छ । अहिलेपनि हरेक दिन दुई देखी तीन  वटा सम्म मुद्धा आउने गरेको तर   गोर्खा डिपार्टमेण्टले जस्तो  तालानै लगाउने जस्तो चाहि नभएको सघंले जनाएको छ । डिपार्टमेण्डको यस्तो व्यवहारको निन्दा गरेको सघंका अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

यो देश गीत गाएर राजनीतिक भाषण ठोकेर बनेको देश होइन ? ज्ञानेन्द्र शाही

काठमाडौं,२६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालको सीमासम्बन्धी विषयलाई राष्ट्रिय सरोकारको अतिसंवेदनशील मुद्दा भएको बताउनु भएको छ । बुधबार प्रतिनिधिसभाको

के गणतन्त्रले ल्याएको धर्म निरपेक्षताको फल यही हो ?

काठमाडौं,२७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले आफूलाई सामाजिक सञ्जालमार्फत ज्यानमार्ने, बलात्कार गर्ने तथा भौतिक आक्रमण गर्ने धम्की आइरहेको बताउनु भएको

दुई देशको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो परराष्ट्रमन्त्री खनाल

काठमाडौं २७ जेठ। परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने आधार तयार गरेको बताउनु भएको छ । बुधबार बसेको प्रतिनिधिसभा

पेलेर जाने कि सम्हालेर लाने ? हर्क साम्पाङ

  काठमाडौं,२८ जेठ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेनको सिमा विवाद सम्बन्धी धारणा लिखितरुपमा भएपनि आउनुपर्ने बताउनु भयो । प्रतिनिधिसभाको बैठकमा बोल्दै

शैक्षिक परामर्श सेवामा धरौटी : राज्य किन “हलो अड्काएर गोरु कुट्ने” बाटोमा ?

विद्यार्थीको भविष्य सुरक्षित बनाउने नाममा राज्यले ल्याउन खोजेको अत्यधिक धरौटीको व्यवस्था वास्तवमै समाधान हो कि समस्याको अर्को रूप ? आज यो प्रश्न शैक्षिक परामर्श क्षेत्रमा

सहकारी क्षेत्र बिकासका लागि हस्तक्षेपकारी होइन सहयागि बन्नु पर्छ : सचिव भुजेल

काठमाडौं,२७ जेठ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यसको प्रवद्र्धन आवश्यक रहेको बताउनु भएको