बिर्तामोडको प्रहरी भवन बनाउन झापा गोल्डकपको एक लाख सहयोग

बिर्तामोड, असोज ९ । जेनजी आन्दोलनका कारण ध्वस्त बनेको बिर्तामोडको प्रहरी संरचना निर्माणका लागि झापा गोल्डकपले एक लाख एक हजार रुपैयाँ सहयोग गरेको छ ।

आज बसेको गोल्डकप कार्यसमितिको बैठकले प्रहरी कार्यालय पुनर्निर्माणमा सहयोग गर्ने निर्णय गरेको हो । बैठकपछि सहयोग रकम हस्तान्तरण गरिएको गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिनु भयो ।
भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएका कारण ध्वस्त बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनी पुनर्निर्माणका लागि रकम सहयोग गरिएको हो ।

स्थानीय युवाहरूको अगुवाइमा पुनर्निर्माणका लागि काम सुरु गरेसँगै सहयोग रकम जुट्न थालेको छ । पुनर्निर्माण समितिका संयोजक रमेश चौधरीलाई गोल्डकपले नगदै सहयोग प्रदान गरेको हो ।
यसैबीच, पुनर्निर्माणका निमित्त एकका लागि एक अभियानले १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । त्यस्तै, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रकाश शिवाकोटीले एक लाख एक हजार रुपैयाँ सहयोग गर्नु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८

गोसाइँकुण्डबाट फर्कन वैकल्पिक मार्ग प्रयोग गर्न मन्त्रालयको आग्रह

काठमाडौँ ,११ भदौ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रसुवाको गोसाईंकुण्ड दर्शन तथा भ्रमण गरी फर्कने तीर्थ यात्रीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ