मेची भन्सार कार्यालयबाट अलैँचीको निर्यात कति प्रतिशत हुन्छ?

झापा,९ असोज । मेची भन्सार कार्यालयबाट चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो दुई महिनामा अलैँची निर्यात ४३ दशमलब ९० प्रतिशतले बढेको छ ।
कार्यालयको तथ्याङ्कअनुसार यो अवधिमा ८५ करोड ९६ लाख ११ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । गएको दुई महिनाको अवधिमा पाँच सय २२ मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले बताँउनु भयो।

 

आर्थीक वर्ष २०८१÷८२ को पहिलो दुई महिनाको अवधिमा ५९ करोड ७३ लाख ५२ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको उहाँले जानकारी दिनु भयो। कार्यालयको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको दुई महिनामा चियाको निर्यात ३४ प्रतिशतले घटेको छ । यो अवधिमा ७५ करोड तीन लाख ४८ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको हो । सूचना अधिकारी हुमागाईंका अनुसार आर्थिक वर्ष २०८१÷८२ को यही अवधिमा एक अर्ब १३ करोड ७४ लाख आठ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको जानकारी पाइएको छ ।

 

भन्सार कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा छुर्पी ९८ दशमलब ३० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी १५५ दशमलब २० प्रतिशत, भेनियर सिट ७४ प्रतिशत, मुसुरो दाल ६५५ दशमलब १० प्रतिशतले वृद्धि भएको छ । यसैगरी फलामे पाता ९३ दशमलब ४० प्रतिशत, अदुवा ४१ दशमलब ८० प्रतिशत र अम्रिसो ३० दशमलब१० प्रतिशतले कमी आएको सूचना अधिकारी हुमागाईंले बताँउनु भयो। मेची भन्सारबाट चालू आर्थिक वर्षको दुई महिनामा तीन अर्ब ६ करोड ३७ लाख ३९ हजार रुपैयाँको मालवस्तु निर्यात भएको जानकारी पाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८

गोसाइँकुण्डबाट फर्कन वैकल्पिक मार्ग प्रयोग गर्न मन्त्रालयको आग्रह

काठमाडौँ ,११ भदौ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रसुवाको गोसाईंकुण्ड दर्शन तथा भ्रमण गरी फर्कने तीर्थ यात्रीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ