काठमाण्डौ ,९ असोज। प्रधानमन्त्री सुशीला कार्कीले बिहिबार देशका नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहिबार दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने र बेलुकी ६ बजे प्रधानमन्त्री कार्कीले देशका नाममा सम्बोधन गर्नुहुने कार्यतालिका तय भएको जनाएको छ ।
‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गर्नुभएकी प्रधानमन्त्री कार्कीले पहिलो पटक देशका नाममा सम्बोधन गर्न लाग्नुभएको छ। गएको भदौ २७ गते पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा अन्तरिम सरकार गठन भएको हो। प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरी आउँदो फागुन २१ गते निर्वाचनको घोषणा गरि सकेको छ ।









