मधेस केन्द्रित दलद्धारा रुपान्तरण होइन एकताको बहस चलाउन थाल्यो

काठमाडौँ,९ असोज । जेनजी आन्दोलन पछि प्रमुख दलहरुमा नेतृत्व हस्तान्तरण र पार्टी पुर्न संरचनाको बहस चलिरहेको बेला मधेस केन्द्रित दलहरुमा भने एकताको चर्चा सुरु हुन थालेको छ ।

 

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले एकताका लागि आन्तरिक छलफल सुरु गरेका हुन्। यादव, ठाकुर र महतोबिच पनि यस विषयमा कुराकानी भइरहेको स्रोतले जनाएको छ ।

 

लोसपा नेपालका उपाध्यक्ष लक्ष्मणलाल कर्ण मधेस केन्द्रित दलहरुबिच एकताको विकल्प नरहेको जनाँउनु हुन्छ । उहाँका अनुसार यस विषयमा अनौपचारिक छलफल चलेको भएपनि त्यसले मूर्तरुप भने छठ पछि पाउन सक्ने छ ।

‘जेनजी पुस्ताको आन्दोलनले हरेक राजनीतिक दललाई जरैदेखि हल्लाइदि रहेको छ । पार्टीहरु नयाँ स्वरुपमा नगए कुनै दलको कल्याण हुँदैन,’ उहाँ भन्नु हुन्छ्, ‘पार्टी एकीकरण गरेर नयाँ पुस्तालाई पार्टी हस्तान्तरण गरेर पुराना नेताहरु अभिभावकको भूमिकामा रहेर दिशानिर्देश गर्नुपर्छ ।‘

 

तत्काल एकता सम्म जान नसकिए मोर्चा कसिलो बनाउनुपर्ने उहाँले बताँउनु भयो । आगामी चुनाव अहिलेका दलहरुका लागि निकै चुनौतीपूर्ण रहेकाले समयमै आफूलाई रुपान्तरण गर्न सके राम्रो हुने उहाँले बताँउनु भयो।

 

जसपा नेपालका महासचिव रामकुमार शर्मा असोज ५ गते बसेको कार्यकारिणी समितिको बैठकले पनि विचार र मुद्दा मिल्ने राजनीतिक दलहरुसँग एकता वा कार्यगत एकता गर्ने निर्णय गरेको बताँउनु हुन्छ। त्यसका आधारमा दलहरुसँग अनौपचारिक छलफल सुरु भएको उहाँले स्वीर्कानु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले