माओवादी केन्द्रीय समिति विघटन गर्दै विशेष महाधिवेशनमा जान आयोजक कमिटी बनाउने प्रस्ताव

काठमाडौं,९ असोज। नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको सातौं पूर्ण बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले राजनीतिक एवं संगठनात्मक प्रस्ताव राख्नु भएको छ।

बिहीबारबाट काठमाडौंमा सुरू भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले अहिलेको केन्द्रीय समिति विघटन गर्दै विशेष महाधिवेशनमा आयोजक कमिटी बनाउने प्रस्ताव राख्नु भएको छ।

 

त्यस्तै उहाँले तोकिएको समयमा नै निर्वाचन हुनुपर्ने र पार्टीको ध्यान निर्वाचनमा केन्द्रीत गर्नुपर्नेमा जोड दिएको बैठकमा सहभागी माओवादी नेताहरूले बताँउनु भएको छ।

 

पार्टी अध्यक्ष प्रचण्डले राखेको राजनीतिक एवं संगठनात्मकमाथि प्रदेश अनुसार प्रतिनिधि विभाजन गरी छलफल हुने र समूहका नेताले बैठकमा रिपोर्टिङ गर्ने माओवादीले बताएको छ ।

बैठकमा पदाधिकारी र समूहका नेताले मात्रै धारणा राख्ने कार्यसूचीका बारेमा महासचिव देव गुरुङले बताए पछि केहि नेताले आपत्ति जनाएका थिए।

 

माओवादी नेता रन्जित तामाङ, सुदन किराती लगायतले हरेक सदस्यले आफ्नो धारणा राख्न पाउनुपर्ने माग राख्नु भएको छ। केन्द्रीय समितिको बैठक शुक्रबार सम्पन्न हुने माओवादीले बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राप्रपाले भन्यो, प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलबाट टाढा रहने छौ

काठमाडौं ,२० साउन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने पार्टीको केन्द्रीय महाधिवेशनलाई व्यवस्थित,

पोखराको फेवातालजस्तै बन्न सक्छ झापाको ‘साधुहोली’

दमक, २०, साउन ।झापामा प्रकृतिले दिएको एउटा अनुपम उपहार छ, साधुहोली। तर विडम्बना के छ भने, प्रकृतिले सम्भावना दिएको ठाउँलाई राज्यले अझैसम्म सम्भावनाको सूचीमै सीमित

ओली र लेखकलाई पक्राउ गरेकोमा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले माफी मागून वा राजीनामा दिऊन् : शंकर पोखरेल

दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राज्यले कानुन कार्यान्वयनमा दोहोरो मापदण्ड अपनाउन नहुने बताएका छन्। प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा

सुकुम्बासीको जग्गा हडप्नेलाई सरकारले दियो यस्तो  चेतावनी

काठमाडौं,२०,साउन । भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका नाममा गलत विवरण पेश गरी जग्गा वा संरचना प्राप्त गर्ने व्यक्तिलाई कानुनी

सुकुम्बासीहरुको स्वास्थ्य परीक्षण ,३० प्रतिशतमा उच्च रक्तचाप

काठमान्डौं,२० साउन । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको राधास्वामी सत्संग परिसरमा राखिएका थापाथली बागमती किनारका सुकुम्बासीहरुको स्वास्थ्य अवस्था परीक्षण गर्दा लामो समयदेखिको जोखिमपूर्ण जीवनको असर देखिएको

श्रम मन्त्री यादवको घोषणाः वैदेशिक रोजगारी सुरक्षित र पारदर्शी बनाइने

काठमाडौं,२० साउन । उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र पारदर्शी