काठमाडौँ,१० असोज । नागरिक एपमा स्वचालित रूपमा फोटो भेरिफिकेसन हुने भएको बताएको छ । यसअघि म्यानुअल रूपमा हुँदै आएको भेरिफिकेसनलाई अहिले स्वचालित बनाइएको नागरिक एपले बताएको छ ।
भाद्र २४ गते भएको तोडफोडपछि अहिले नागरिक एप सहायता केन्द्र बन्द गरिएको जनाएको छ। अहिले कुनै पनि फोन वा इ–मेल मार्फत प्रत्यक्ष सेवामा उत्तर दिन असमर्थ रहेको बताएको छ ।
यो अवस्थामा कसैको फोटो अस्वीकृत भएमा एमआरपी साइजको डिजिटल फोटो पुनः अपलोड गर्न अनुरोध समेत गरेको छ भने छिटै सहायता केन्द्र फेरि सञ्चालनमा ल्याउने प्रयत्नमा गरिरहेको नागरिक एपले बताएको छ ।










