काठमाडौं,१० असोज । अर्थमन्त्री रामेश्वर खनालसमक्ष नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त जनक राज शर्माले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले शपथ लिनु भएको हो।
मन्त्रिपरिषद्को यही असोज ९ गतेको निर्णयबाट शर्मा नियुक्त हुनु भएको शर्माले आजै कार्यभार सम्हाल्नु हुने छ ।









