सेवाग्राहीले ढिलासुस्ती, अमर्यादित व्यवहार जस्ता कार्यबारे गुनासो गर्न सक्ने

काठमाडौँ,१० असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सेवाग्राहीलाई ढिलासुस्ती, मोलमोलाहिजा, काम पन्छाउने, घुस–रिसवत माग्ने, अनावश्यक दुःख दिने तथा अमर्यादित व्यवहार गर्ने जस्ता कार्यबारे गुनासो पेस गर्न सक्ने व्यवस्था गर्नु भएको छ ।

 

मन्त्रालयले बिहीबार सूचना जारी गर्दै मन्त्रालय मातहतका विभाग, आयोजना तथा कार्यालयहरूमा हुने यस्ता गतिविधिबारे सेवाग्राहीले इमेल र टेलिफोनमार्फत गुनासो गर्न सक्ने बताएको छ।

 

सूचना अनुसार, सेवाग्राहीले गुनासो वा सुझाव इमेलमा पठाउन सक्नेछन् । साथै, थप जानकारी वा प्रत्यक्ष सम्पर्क आवश्यक परेमा ०१–४२११९४५ नम्बरमा सम्पर्क राख्न सकिने छन् ।

मन्त्रालयले सो व्यवस्था मार्फत सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र मर्यादित व्यवहारलाई सुनिश्चित गर्न खोजिएको बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्री गुरुङको मृतक परिवारबीच वार्ता सुरु

काठमाडौं,१९ साउन । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु भएको छ । वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल

बाजुराको छेडेदह तालमा ६२ वर्षीया महिला मृत फेला

बाजुरा,१९ साउन । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्र छेडेदह तालमा एक महिला मृत अवस्थामा फेला पर्नु भएको छ । सोही पालिकाको वडा.नम्बर ७

ककनीलाई विकास र सम्भावनाको केन्द्र बनाउन माग

काठमाडौं,१९ साउन । अर्थविद् प्रा.डा. गोपीलाल न्यौपानेले ककनी गाउँपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा खेलेको भूमिकाको उचित मूल्याङ्कन हुनुपर्ने बताउनु भएको छ । उहाँले ककनीलाई फोहोर

मिलापको आयोजनामा गीति एल्बम ‘जागृति’ लोकार्पण

काठमाडौँ,१९ साउन । महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पु¥याउने उद्देश्यले तयार गरिएको गीति एल्बम ‘जागृति’ लोकार्पण गरिएको छ । दाहालका ‘स्वेतपत्र’ महाकाव्य र ‘योद्धा’

बजारमा ग्यास अभावबारे प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौं,१९ साउन । पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ । सरकारका मुख्य सचिव