काठमाडौंमा जेनजी प्रदर्शनका क्रममा उच्छृङ्खल गतिविधिमा संलग्न ४३ जना प्रहरीद्धारा पक्राउ

काठमाडौँ,१० असोज । जेनजी प्रदर्शनमा उच्छृङ्खल गतिविधि गर्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको जनाएको छ । भदौ २४ मा काठमाडौँ जिल्लाको प्रहरी युनिट र सवारी साधनमा आगजनी गरेको आरोपमा अहिलेसम्म ४३ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

 

आरोपीहरु विरुद्ध अपराधिक उपद्रव सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँकी डीएसपी पूर्णिमा चन्दले बताँउनु भयो।

 

कालिमाटीस्थित प्रहरी वृत्तमा आगजनी गरेको आरोपमा काठमाडौँ महानगरपालिका वडा नम्बर–१३ घर भएका सचिन खड्का उर्फ गोल्डेन लाई प्रहरीले पक्राउ गरेको छ साथै नयाँ बानेश्वर, कोटेश्वर र नरेफाँटको प्रहरी युनिटहरूमा आगजनी गरेको आरोपमा ६ जना पक्राउ परेको जनाएको छ ।

पक्राउ पर्नेमा रौतहट घर भएका १९ वर्षीय अंशुकुमार गुप्ता, सप्तरी घर भएका २८ वर्षीय देवराज राय ‘रवि’, सर्लाही घर भएका १८ वर्षीय मुकेश शाह ‘अजय’, धनुषा घर भएका १९ वर्षीय अजयकुमार शाह ‘हिरो’ र रौतहट घर भएका २४ वर्षीय लक्किबावु जैसवाल रहेका छन् । रौतहटको गरुडा घर भएका १८ वर्षीय मोटे भन्ने शैरव यादव पनि पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त महाराजगन्जमा आगजनी गर्ने सिन्धुलीको घ्याङलेक गाउँपालिका वडा नम्बर–४ घर भएर धापासी बस्ने देवराज लामा पक्राउ परेका छन् । महाराजगन्जमा प्रहरीको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न आरोपमा पक्राउ पर्नेमा काभ्रे घर भएका युवराज क्यापछाकी र सिन्धुपाल्चोक घर भएका ओम पौडेल रहेका छन् । भदौ २४ मा असई मिलन राय र जवान उत्तम थापाको समेत हत्या भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्री गुरुङको मृतक परिवारबीच वार्ता सुरु

काठमाडौं,१९ साउन । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु भएको छ । वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल

बाजुराको छेडेदह तालमा ६२ वर्षीया महिला मृत फेला

बाजुरा,१९ साउन । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्र छेडेदह तालमा एक महिला मृत अवस्थामा फेला पर्नु भएको छ । सोही पालिकाको वडा.नम्बर ७

ककनीलाई विकास र सम्भावनाको केन्द्र बनाउन माग

काठमाडौं,१९ साउन । अर्थविद् प्रा.डा. गोपीलाल न्यौपानेले ककनी गाउँपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा खेलेको भूमिकाको उचित मूल्याङ्कन हुनुपर्ने बताउनु भएको छ । उहाँले ककनीलाई फोहोर

मिलापको आयोजनामा गीति एल्बम ‘जागृति’ लोकार्पण

काठमाडौँ,१९ साउन । महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पु¥याउने उद्देश्यले तयार गरिएको गीति एल्बम ‘जागृति’ लोकार्पण गरिएको छ । दाहालका ‘स्वेतपत्र’ महाकाव्य र ‘योद्धा’

बजारमा ग्यास अभावबारे प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौं,१९ साउन । पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ । सरकारका मुख्य सचिव