काठमाडौंमा जेनजी प्रदर्शनका क्रममा उच्छृङ्खल गतिविधिमा संलग्न ४३ जना प्रहरीद्धारा पक्राउ

काठमाडौँ,१० असोज । जेनजी प्रदर्शनमा उच्छृङ्खल गतिविधि गर्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको जनाएको छ । भदौ २४ मा काठमाडौँ जिल्लाको प्रहरी युनिट र सवारी साधनमा आगजनी गरेको आरोपमा अहिलेसम्म ४३ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

 

आरोपीहरु विरुद्ध अपराधिक उपद्रव सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँकी डीएसपी पूर्णिमा चन्दले बताँउनु भयो।

 

कालिमाटीस्थित प्रहरी वृत्तमा आगजनी गरेको आरोपमा काठमाडौँ महानगरपालिका वडा नम्बर–१३ घर भएका सचिन खड्का उर्फ गोल्डेन लाई प्रहरीले पक्राउ गरेको छ साथै नयाँ बानेश्वर, कोटेश्वर र नरेफाँटको प्रहरी युनिटहरूमा आगजनी गरेको आरोपमा ६ जना पक्राउ परेको जनाएको छ ।

पक्राउ पर्नेमा रौतहट घर भएका १९ वर्षीय अंशुकुमार गुप्ता, सप्तरी घर भएका २८ वर्षीय देवराज राय ‘रवि’, सर्लाही घर भएका १८ वर्षीय मुकेश शाह ‘अजय’, धनुषा घर भएका १९ वर्षीय अजयकुमार शाह ‘हिरो’ र रौतहट घर भएका २४ वर्षीय लक्किबावु जैसवाल रहेका छन् । रौतहटको गरुडा घर भएका १८ वर्षीय मोटे भन्ने शैरव यादव पनि पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त महाराजगन्जमा आगजनी गर्ने सिन्धुलीको घ्याङलेक गाउँपालिका वडा नम्बर–४ घर भएर धापासी बस्ने देवराज लामा पक्राउ परेका छन् । महाराजगन्जमा प्रहरीको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न आरोपमा पक्राउ पर्नेमा काभ्रे घर भएका युवराज क्यापछाकी र सिन्धुपाल्चोक घर भएका ओम पौडेल रहेका छन् । भदौ २४ मा असई मिलन राय र जवान उत्तम थापाको समेत हत्या भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले