नेपाल नागरिक उड्डयन प्राधिकरणद्धारा हवाई टिकटको भाडा नबढाउन आग्रह

काठमाण्डौ,१० असोज ।सरकारद्धारा दशैँ, तिहार लगायतका चाडपर्वमा हवाई टिकटको भाडा नबढाउन सबै सेवा प्रदायक संस्थालाई आग्रह गरेको छ।

 

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सबै सेवा प्रदायक निकायलाई चाडपर्वको बेला पारेर हवाई भाडादर बढाउने काम नगर्न सचेत गराइएको जानकारी दिनु भएको छ । अहिलेको विषम अवस्था, सडकको जोखिम लगायतको मौका छोपेर हवाई टिकटको भाडा महँगो भएको गुनासो आएको भन्दै सरकारले तोकेको अधिकतम मूल्यभन्दा कम मूल्यमा हवाई टिकट बिक्री गरी यात्रुलाई राहत दिन सबै पक्षलाई अनुरोध गरिएको उहाँले बताँउनु भयो।

 

हवाई टिकटको न्यूनतमदेखि अधिकतम सम्मको मूल्य कानूनमा नै व्यवस्था गरिएको छ । त्यसमा अधिकतम मूल्यभन्दा कम मूल्यमा टिकट बिक्री गर्न सेवा प्रदायक संस्थालाई भनिएको प्राधिकरणले बताएको छ ।

 

त्यसैगरी प्राधिकरणले चाडपर्वमा हवाई यात्रुको सुविधालाई ध्यानमा राखेर अतिरिक्त उडानको व्यवस्था पनि गरेको जनाएको छ । नेपालमा दैनिक १० हजार यात्रुले आन्तरिक उडान गर्ने गरेको तथ्याङ्क आएको छ ।

प्राधिकरणका सूचना अधिकारी भुलले दशैँ, तिहारजस्ता पर्वमा त्यो सङ्ख्या बढेर दैनिक १८ हजार सम्म यात्रु हुने गरेकाले अतिरिक्त उडानको पनि व्यवस्था गरिएको जानकारी दिनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्री गुरुङको मृतक परिवारबीच वार्ता सुरु

काठमाडौं,१९ साउन । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु भएको छ । वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल

बाजुराको छेडेदह तालमा ६२ वर्षीया महिला मृत फेला

बाजुरा,१९ साउन । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्र छेडेदह तालमा एक महिला मृत अवस्थामा फेला पर्नु भएको छ । सोही पालिकाको वडा.नम्बर ७

ककनीलाई विकास र सम्भावनाको केन्द्र बनाउन माग

काठमाडौं,१९ साउन । अर्थविद् प्रा.डा. गोपीलाल न्यौपानेले ककनी गाउँपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा खेलेको भूमिकाको उचित मूल्याङ्कन हुनुपर्ने बताउनु भएको छ । उहाँले ककनीलाई फोहोर

मिलापको आयोजनामा गीति एल्बम ‘जागृति’ लोकार्पण

काठमाडौँ,१९ साउन । महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पु¥याउने उद्देश्यले तयार गरिएको गीति एल्बम ‘जागृति’ लोकार्पण गरिएको छ । दाहालका ‘स्वेतपत्र’ महाकाव्य र ‘योद्धा’

बजारमा ग्यास अभावबारे प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौं,१९ साउन । पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ । सरकारका मुख्य सचिव