माओवादी केन्द्रको बैठकमा अध्यक्ष प्रचण्डको महँगो घडी र छोरीको ब्यागको विषय माथि प्रश्न उठ्यो

काठमाडौँ,१० असोज । नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगाउने गरेको महँगो घडी र उहाँकी छोरी गंगा दाहालले बोक्ने गरेको विलासी ब्यागबारे प्रश्न उठेको छ।

 

केन्द्रीय सदस्य तथा सार्क इन्चार्ज लक्ष्मण पन्तले बैठकमा लिखित प्रस्ताव पेस गर्दै अध्यक्षले लगाउने ६४ लाखको रोलेक्स घडी र छोरीले बोक्ने २८ लाखको लुई भिटन ब्यागको वैधानिकता र स्रोतमाथि प्रश्न उठाउनु भएको हो।

 

नेता पन्तले पार्टीभित्रैबाट भ्रष्टाचारविरुद्धको संघर्ष थाल्नुपर्ने भन्दै पेस गरेको प्रस्तावमा यदि मिडियामा आएका समाचार गलत हुन् भने समाचार प्रकाशन गर्ने मिडिया र यसबारे संसदमा प्रश्न उठाउने नेपाली कांग्रेसका सांसद सुनील शर्माविरुद्ध समेत मानहानिको मुद्दा दायर गर्न अध्यक्षलाई चुनौती दिएको छ ।

 

‘लामो समयदेखि अध्यक्षको ६४ लाखको रोलेक्स घडी र उहाँकी छोरीको २८ लाखको लुई भिटन ब्यागको विषय सार्वजनिक भएको छ,’ पन्तको प्रस्तावमा भनिएको छ, ‘यदि मीडियामा आएको समाचार गलत हो भने तुरुन्तै सम्बन्धित मीडिया र सांसद सुनील शर्माविरुद्ध मानहानिको मुद्दा अध्यक्षका तर्फबाट दायर गरौं।’

 

पन्तले ती सामग्री उपहारस्वरूप प्राप्त भएको भए त्यसलाई व्यक्तिगत रूपमा प्रयोग गर्नु नैतिक रूपमा गलत हुने तर्क गर्नु भएको छ। उहाँले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि प्रधानमन्त्री हुँदा प्राप्त महँगा उपहार बेचेर निजी लाभ लिएको आरोप लागेको घटना स्मरण गराउँदै नेतृत्वको जीवनशैली र पारदर्शितामाथि उठेका प्रश्नहरूको निरूपण हुनैपर्नेमा जोड दिनु भएको छ।

 

यो विषयका अतिरिक्त पन्तले आफ्नो प्रस्तावमा पार्टीका नेताहरूको सम्पत्ति छानबिन, अजय सुमार्गीको ‘हेलो नेपाल’ प्रकरणमा राज्यलाई भएको करिब २० अर्ब नोक्सानी, जनमुक्ति सेनाको ‘पीएलए फन्ड’ को २ अर्ब ८२ करोडको हिसाबकिताब र विगत १८ वर्षमा ‘मालदार’ मन्त्रालय सम्हालेका नेताहरूले आर्जन गरेको लाभको निष्पक्ष छानबिन गर्नुपर्ने मागसमेत राख्नु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्री गुरुङको मृतक परिवारबीच वार्ता सुरु

काठमाडौं,१९ साउन । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु भएको छ । वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल

बाजुराको छेडेदह तालमा ६२ वर्षीया महिला मृत फेला

बाजुरा,१९ साउन । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्र छेडेदह तालमा एक महिला मृत अवस्थामा फेला पर्नु भएको छ । सोही पालिकाको वडा.नम्बर ७

ककनीलाई विकास र सम्भावनाको केन्द्र बनाउन माग

काठमाडौं,१९ साउन । अर्थविद् प्रा.डा. गोपीलाल न्यौपानेले ककनी गाउँपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा खेलेको भूमिकाको उचित मूल्याङ्कन हुनुपर्ने बताउनु भएको छ । उहाँले ककनीलाई फोहोर

मिलापको आयोजनामा गीति एल्बम ‘जागृति’ लोकार्पण

काठमाडौँ,१९ साउन । महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पु¥याउने उद्देश्यले तयार गरिएको गीति एल्बम ‘जागृति’ लोकार्पण गरिएको छ । दाहालका ‘स्वेतपत्र’ महाकाव्य र ‘योद्धा’

बजारमा ग्यास अभावबारे प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौं,१९ साउन । पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ । सरकारका मुख्य सचिव