काठमाण्डौ,१० असोज ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अब आफू पार्टीको अध्यक्ष नरहेको जानकारी दिनु भएको छ ।
शुक्रबार काठमाण्डौमा सम्पन्न केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफू अध्यक्ष नरहेको घोषणा गर्नुभएको छ। उहाँले आफू अब महाधिवेशन आयोजक समितिको संयोजक मात्रै रहेको जानकारी दिनु भयो ।
उहाँले भन्नुभयो, ‘आज केन्द्रीय समितिको बैठक सम्पन्न भयो । अब म अध्यक्ष रहिनँ, अब म संयोजक मात्रै हो ।’









