दमक। ११ भदौ । इलाका प्रहरी कार्यालय दमक पुनःर्निर्माणका लागि बिभिन्न दाताहरुको सहयोग निरन्तर आइरहेको छ । नागरिक स्तरबाट नै निर्माण गरिएको यो संरचना गत भदौ २४ गते जेन जी आन्दोलनका नाममा उद्धण्ड समुहले आगजानी र तोडफोड गरेको थियो । आगजानी र तोडफोडपछि बस्न र प्रयोग गर्नै निमील्ने अवस्थामा पुगेको भवनमा पूःन निर्माणका लागि नागरिक स्तरबाट अहिले निरन्तर सहयोग आइरहेको छ ।
अहिले सम्म यो कार्यालय पूःन निर्माण गर्न दमक उद्योग वाणिज्य संघबाट ५ लाख रुपैयाँ, दमक नगर इसाई समाजबाट २ लाख १६ हजार ६ सय ५५ रुपैयाँ, प्याप्सन दमकबाट १ लाख १ हजार रुपैयाँ, दुग्ध व्यवसायी संघ दमकबाट १ लाख रुपैयाँ, दमक क्याम्पसबाट ५० हजार रुपैयाँ, र काठमाडौँका प्रेम बस्नेतबाट ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ।
त्यस्तै, जिन्सी सहयोगतर्फ मेची सहकारी संस्थाबाट १ लाख ५० हजार बराबरको जिन्सी सहयोग प्राप्त भएको छ, जसमा १ थान एसी, २ थान फ्रिज र २ थान म्याट्रेस समावेश छन्। स्वर्णलक्ष्मी साकोस दमकले ५० हजार बराबरका किचन सामग्री सहयोग गरेको छ।
हम्सेदुम्से बनबाट २ ट्रयाक्टर माटो, मन्दिरको मर्मत कार्य, कस्मिक पार्टी प्यालेसबाट प्रतीक्षालय निर्माण, साथै राजु अग्रवाल र प्रकाश प्रसाईले ८० हजार बराबरको सहयोग गरेका छन्।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईका अनुसार यही गतिमा सहयोग प्राप्त भयो भने अवको दुई दिनभित्रैमा प्रहरीलाई आफ्नै भवनमा ल्याउन सकिने बताउनु भयो । अहिले प्रहरी अस्थाई रुपमा दमक ८ स्थित अर्गानिक कृषि बजारमा बसेका छन् ।









