जेनजी आन्दोलनबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठानले कर्मचारीलाई तलब दिन सस्तो ब्याजमा ऋण पाउने

प्रदर्शनको क्रममा क्षति भएका गाडी प्रतिस्थापनका लागि ऋण लिनुपरे गाडीको मूल्यको ८० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था

काठमाण्डौं,११ असोज। जेनजी आन्दोलनबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठानले कर्मचारीलाई तलब खुवाउनका लागि सस्तो ब्याजमा ऋण पाउने भएको जनाएको छ। प्रभावित संस्था तथा प्रतिष्ठानमा कार्यरत कर्मचारीको रोजगारी सुनिश्चित गर्न राष्ट्र बैंकले रोजगारदाता संस्था र प्रतिष्ठानलाई सस्तो ऋण दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको जनाएको छ।

 

यस्तो कर्जा माग गरेमा बैंकले कर्जा प्रवाह गर्दा आधार दरमा बढीमा ० दशमलब ५० प्रतिशत विन्दु मात्र प्रिमियम थप गरी कर्जा प्रदान गर्नु पर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख गरिएको छ । यस प्रकारको कर्जा एक वर्ष वा संस्था सञ्चालनमा आउन लाग्ने अवधिमध्ये जुन कम हुन्छ, त्यस अवधिसम्मका लागि मात्र प्रवाह गर्नु पर्ने जनाएको छ । यसरी प्रवाह भएको कर्जामा लाग्ने ब्याजदरमा ६ महिनासम्मका लागि दुई प्रतिशत ब्याजदर नेपाल सरकारबाट अनुदान प्राप्त हुने जनाएको छ ।

 

अनुदान नेपाल सरकारबाट प्राप्त भएपछि ऋणीलाई उपलब्ध गराउनु पर्ने भएको छ । यस्तो कर्जाका लागि सम्बन्धित रोजगारदाता संस्थाले आउँदो पुस मसान्तभित्रमा निवेदन दिनुपर्ने व्यवस्था राष्ट बैंकले गरेको पाएको छ । यस्तै प्रदर्शनको क्रममा क्षति भएका गाडी प्रतिस्थापनका लागि ऋण लिनुपरे गाडीको मूल्यको ८० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था पनि राष्ट्र बैंकले गरेको जनाएको छ । अहिले बैंक तथा वित्तीय संस्थाले सगाडी खरिद गर्न कर्जा प्रवाह गर्दा अधिकतम ६० प्रतिशतसम्म मात्र ऋण दिन पाइने व्यवस्था भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्री गुरुङको मृतक परिवारबीच वार्ता सुरु

काठमाडौं,१९ साउन । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु भएको छ । वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल

बाजुराको छेडेदह तालमा ६२ वर्षीया महिला मृत फेला

बाजुरा,१९ साउन । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्र छेडेदह तालमा एक महिला मृत अवस्थामा फेला पर्नु भएको छ । सोही पालिकाको वडा.नम्बर ७

ककनीलाई विकास र सम्भावनाको केन्द्र बनाउन माग

काठमाडौं,१९ साउन । अर्थविद् प्रा.डा. गोपीलाल न्यौपानेले ककनी गाउँपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा खेलेको भूमिकाको उचित मूल्याङ्कन हुनुपर्ने बताउनु भएको छ । उहाँले ककनीलाई फोहोर

मिलापको आयोजनामा गीति एल्बम ‘जागृति’ लोकार्पण

काठमाडौँ,१९ साउन । महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पु¥याउने उद्देश्यले तयार गरिएको गीति एल्बम ‘जागृति’ लोकार्पण गरिएको छ । दाहालका ‘स्वेतपत्र’ महाकाव्य र ‘योद्धा’

बजारमा ग्यास अभावबारे प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौं,१९ साउन । पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ । सरकारका मुख्य सचिव