हा–हुँबाट बनेको सरकारलाई छाडेर विदेश नभाग्ने ओलीको दाबी

अहिलेको सरकार जनअभिमतबाट बनेको होइन। तोडफोड र आगजनीबाट सरकार बनेको हो।‘मैले भनेका सबै कुराहरु यो सरकारले जनतामाझ ल्याओस्। कर्मचारी, प्रहरीलाई दिएको निर्देशन रेकर्डेट छन् बाहिर ल्याओस्। म सरकारमा हुँदा गरेका काम बाहिर ल्याओस्।’

काठमाडौं,११ असोज।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई देश छाडेर आफूहरु नभाग्ने स्पष्ट र्पानु भएको छ। शीर्ष नेताको पासपोर्ट रद्द गर्ने चर्चा चलिरहेको बेला हा–हुँबाट बनेको सरकारलाई छाडेर आफूहरु विदेश नभाग्ने स्पष्ट र्पानु भएको छ।

‘अहिले सरकारले पासपोर्ट रोक्ने हल्ला सुन्दै छु। के ठानेको छ, यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौं ? के छ ? के सोचेका छौं ?’ ओलीले भन्नु भयो,‘हामीले यो देश बनाउनुपर्नेछ। फेरि पनि यो देशलाई हामी संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौँ। शान्ति सुव्यवस्था ल्याउँछौं। हामी कुनै षड्यन्त्र गर्दैनौं। हामी सबै पारदर्शी ढङ्गबाट अगाडि बढ्छौं।’

 

बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पासपोर्ट रोक्का गर्ने विषयमा राज्यका संयन्त्रहरूले अनुसन्धान गरिरहेको बताँउनु भएको थियो। गृहमन्त्री ओमप्रकाश अर्यालले पनि सञ्चारकर्मीहरूले नेताहरूको पासपोर्ट रोक्का हुन सक्ने विषयमा प्रश्न सोधेपछि अनुसन्धान गर्ने निकायहरूले त्यसो गर्न सक्ने टिप्पणी गरेपछि यो विषय बाहिरिएको हो।

उहाँले आफूहरुले पुनः देश निर्माणमा लागि पर्ने बताउनु भयो। राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नु भयो अहिलेको सरकार जनअभिमतबाट नबनेको बताउनु भयो।

‘अहिलेको सरकार जनअभिमतबाट बनेको होइन। तोडफोड र आगजनीबाट सरकार बनेको हो।’ उहाँले भन्नु भयो,‘मैले भनेका सबै कुराहरु यो सरकारले जनतामाझ ल्याओस्। कर्मचारी, प्रहरीलाई दिएको निर्देशन रेकर्डेट छन् बाहिर ल्याओस्। म सरकारमा हुँदा गरेका काम बाहिर ल्याओस्।’

उहाँले भ्रष्टाचार गरे भनेर आरोप लगाउनुभन्दा कहाँ भयो त्यो सार्वजनिक गर्न आग्रह गर्नु भएको छ।उहाँले आन्दोलनका नाममा व्यक्ति र उद्योगीको घरमा तोडफोड र आगजनि गर्नु दूर्भाग्य भएको टिप्पणी गर्नु भएको छ। उहाँले भन्नु भयो,हरेक घरमा जेन्जी हुनुहुन्छ तर केहि जेनजीलाई गलत प्रयोग गरियो।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले