‘सम्पूर्ण देशलाई देखाऔँ कि जेनजी क्रोधले होइन, बुद्धिमत्ताले नेतृत्व गर्न सक्छ : सुदन गुरुङ

काठमाडौँ,११ असोज।हामी नेपालका संयोजक सुदन गुरुङले हिंसा वा कसैको घरलाई निशाना बनाउनु समाधान नभएको जनाएका छन्।कतिपयले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गुन्डुस्थित निवास घेराउ गर्न जानुपर्ने भन्दै प्रचार गरेपछि उनले फेसबुकमार्फत त्यस्तो गर्न नहुनेमा अपिल गरेका छन्।

 

‘मलाई थाहा छ अहिले भावना तीव्र छ र धेरैलाई निराशा महसुस भइरहेको छ,’ गुरुङले लेखेका छन्, ‘तर हिंसा वा कसैको घरलाई निशाना बनाउनु समाधान होइन भनेका छन्।यस्ता कार्यहरूले देशलाई अझै ठूलो क्षति पु¥याउने र सकारात्मक परिवर्तन पनि ओझेलमा पर्ने उल्लेख गर्दै‘यस्ता कार्यहरूले हाम्रो देशलाई अझै ठूलो क्षति पु¥याउन सक्छ र हामी लडिरहेको सकारात्मक परिवर्तनलाई ओझेलमा पार्न सक्छन्,’ गुरुङले धारणा राखेका छन्।

 

चुनाव तोकिएको र त्यो नै जेनजीले आफ्नो शक्ति, एकता र दृष्टि देखाउने अवसर भएको भन्दै उनले अनुशासित हुन समेत सबैलाई आग्रह गरेका छन्।‘हामीसँग पहिले नै निर्वाचनको मिति तोकिएको छ,’ गुरुङले लेख्दै भनेका छन्, ‘त्यो नै हाम्रो शक्ति, हाम्रो एकता, र हाम्रो दृष्टि देखाउने अवसर हो। त्यसैले शान्तिपूर्ण तरिकाले, अनुशासनका साथ र साहसका साथ त्यस दिनको तयारीमा हाम्रो ऊर्जा प्रयोग गरौँ।’

उनले आफूहरुको आन्दोलन घृणा र विनाशका लागि नभएको समेत उल्लेख गर्दै‘हाम्रो आन्दोलन आशाको हो, घृणाको होइन। निर्माणको हो, विनाशको होइन,’ गुरुङले लेख्दै भनेका छन्, ‘सम्पूर्ण देशलाई देखाऔँ कि जेनजी क्रोधले होइन, बुद्धिमत्ताले नेतृत्व गर्न सक्छ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले