ओलीले सार्वजनिक रूपमै माफी मागेर राजनीतिबाट सन्यास लिनुपर्ने सुझाव

काठमाडौँ ,११ असोज। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले केपी शर्मा ओलीको हठ, घमण्ड र अहङ्कारले मुलुक र नेकपा (एमाले) दुवै डुबाएको टिप्पणी गर्नु भएको छ। सार्वजनिक रूपमा आम माफी माग्दै राजनीतिबाट सन्यास लिनुको साटो ओलीमा त्यो हठ, घमण्ड र अहङ्कार अझै कायमै रहेको उहाँले बताँउनु भयो।

 

सर्लाहीको लालबन्दीमा शनिबार आजपा मधेस प्रदेश कमिटीको बैठक एवं दसैँ, दीपावली तथा छठ पर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले गुण्डुमा गुन्डाहरू भेला गर्नुको साटो ओलीले सार्वजनिक रूपमै माफी मागेर राजनीतिबाट सन्यास लिनुपर्ने सुझाव दिनु भएको छ ।

 

‘केपी ओलीको हठ, घमण्ड र अहङ्कारले अहिले मुलुक र एमालेलाई ठुलो क्षति हुन गयो । एमाले मात्रै होइन, मुलुक नै डुबाउने काम ओलीले गर्नुभयो । ओलीकै हठ, घमण्ड र अहङ्कारले मुलुक जलेको छ,’ आजपा अध्यक्ष साहले भन्नु भयोे, ‘युवाहरूको भावना बुझ्नुको साटो उनीहरूलाई प्रहार गर्नुको दशा भोग्नुभयो । यस पटक त सेनाले बचाइदियो, यस्तै हट, घमण्ड र अहङ्कार रहिरह्यो भने दुर्दशा भोग्नु नपर्ला भन्न सकिँदै । त्यसैले मेरो सुझाव छ गुण्डुमा गुण्डा भेला गर्नुको साटो सार्वजनिक रूपमा माफी मागेर राजनीतिबाट सन्यास लिनुहोस्, त्यसमै एमालेको भलो छ ।’

देउवा दम्पतिलाई यो देशको माया नभएको बताउँदै आजपा अध्यक्ष साहले नत्र बाँच्नको लागि सङ्घर्ष गरेको अवस्थामा किन नयाँ पासपोर्ट बनाइयो ? भागेर सुख पाइन्छ ? भन्दै प्रश्न समेत गर्नु भएको छ।

नेताहरूको घरबाट पैसा भेटिएको र नोट जलेको कुरामा यो सरकारले तथ्यगत कुरा बाहिर ल्याओस् भन्ने माग समेत उहाँले गर्नु भयो। यसैगरी अहिलेको सरकारमा जेनजी वा जेनजी आन्दोलनका सहिद परिवारको पनि प्रतिनिधित्व हुनुपर्ने सुझाव उहाँले दिनु भयो। देश लुटेर सन्तान र सम्पत्ति विदेश पु¥याउने नेताहरूलाई अब छानीछानी आक्रमण गर्नुपर्ने आवश्यकता देखिएको उहाँले बताउनु भयो । यसैगरी युवाहरूको आक्रोशले पैदा भएको जनविद्रोहलाई कलङ्कित पार्ने काम नगर्न उहाँले प्रधानमन्त्री सुशीला कार्कीलाई चेतावनी समेत दिनु भयो ।

साहले भन्नु भयो,तपाईँ ओली हटाएर आफू कुर्सीमा विराजमान हुनको लागि मात्रै आएको हो र ? होइन भने, त्यही संविधान र त्यही व्यवस्था राखेर जनविद्रोहको कसरी सम्मान हुन्छ ? देश एनजिओ र आईएनजिओ चलाएको जस्तो हुँदैन । देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा आजको पहिलो कर्तव्य हो ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले