झापाबाट वेपत्ता हुनेहरुको संख्या बढ्दै

आइतबार एकैदिन ६ जना हराएको प्रहरीलाई निवेदन

झापा,१२ असोज। झापाबाट वेपत्ता हुनेहरुको संख्या बढ्दै गइ रहेको छ । आइतबार एकैदिन ६ जना हराएको प्रहरीलाई निवेदन परेको प्रहरीले जनाएको छ । हिजो बिहान ८ बजे बैदेशिक रोजगारमा रहेका कन्काई वडा न.४ नवज्योती टोल बस्ने बबिन खड्काकी श्रीमती वर्ष २० की पुनम खड्काले कोही कसैलाई केही जानकारी नगराई साथमा ३ वर्ष छोरा सत्यम खड्कालाई लिई घरबाट गएकोमा गाउँघर, छरछिमेक, आफन्त, नातागोता समेतमा खोजतलास गर्दा हालसम्म फेला र्पन सकेकी छैन्न् ।

त्यस्तै बुद्धशान्ति वडा नं. ३ बुधबारे बस्ने उमेश जंग राईका छोरा बर्ष १७ का उज्वल राई असोज ७ गतेदेखि वेपत्ता रहेका छन् । सो दिन बिहान साढे ६ बजे घरमा कोही कसैलाई जानकारी नगराई हिडेकोमा हालसम्म सम्पर्कमा आएका छैन्न् ।
हिजो बिहान अन्दाजी साढे ९ बजे मेचीनगर वडा नं.– १५ बस्ने सोम मुर्मुकी छोरी मानसिक सन्तुलन ठिक नभएकी बर्ष २० की अन्जु मुर्मु घरबाट इटाभट्टा हुँदै उर्लाबारी जान्छु भनी हिडेकोमा हालसम्म घर आएकी छैन्न् ।

शिवसताक्षी वडा नं. ३ पाराबारी बस्ने सुफल मर्डीकी श्रीमती बर्ष–३० की जिना मर्डी असोज ४ गतेदेखि वेपत्ता नै भएकी छन् । आफ्नै घरबाट कोही कसैलाई केही नभनी निस्केर गएकोमा हालसम्म सम्पर्कमा नआएको परिवारले प्रहरीलाई बताएका छन् ।

हिजो दिउँसो साढे ४ बजे कन्काई वडा न.५ तुलसीबारी बस्ने कासिना श्रेष्ठको घरमा सानैदेखि बस्दै आएका बर्ष १४ का सुजन हेमरम (सुस्त मनस्थिति भएका) कोही कसैलाई केही जानकारी नगराईकन घरबाट हिडेकोमा हालसम्म घर फर्किएका छैनन् । वेपत्ता हुनेहरुको हुलियासहित निवेदन परेपछि वेपत्ता हुनेहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्री गुरुङको मृतक परिवारबीच वार्ता सुरु

काठमाडौं,१९ साउन । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु भएको छ । वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल

बाजुराको छेडेदह तालमा ६२ वर्षीया महिला मृत फेला

बाजुरा,१९ साउन । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्र छेडेदह तालमा एक महिला मृत अवस्थामा फेला पर्नु भएको छ । सोही पालिकाको वडा.नम्बर ७

ककनीलाई विकास र सम्भावनाको केन्द्र बनाउन माग

काठमाडौं,१९ साउन । अर्थविद् प्रा.डा. गोपीलाल न्यौपानेले ककनी गाउँपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा खेलेको भूमिकाको उचित मूल्याङ्कन हुनुपर्ने बताउनु भएको छ । उहाँले ककनीलाई फोहोर

मिलापको आयोजनामा गीति एल्बम ‘जागृति’ लोकार्पण

काठमाडौँ,१९ साउन । महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पु¥याउने उद्देश्यले तयार गरिएको गीति एल्बम ‘जागृति’ लोकार्पण गरिएको छ । दाहालका ‘स्वेतपत्र’ महाकाव्य र ‘योद्धा’

बजारमा ग्यास अभावबारे प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौं,१९ साउन । पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ । सरकारका मुख्य सचिव