जेन–जी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीमाथि प्रहरीकोे निगरानी

चाडपर्व नजिकिँदै गरेको सन्दर्भमा कैदीहरु गाउँघरमा देखिन या भेटिन सक्ने भएकाले नागरिकलाई पनि सतर्क रहन नेपाल प्रहरीकोआग्रह

काठमाण्डौ ,१२ असोज। गएको भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीमाथि प्रहरीले निगरानी बढाइ रहेको छ । नेपाल प्रहरीले दशैँ, तिहार, छठ लगायतका चाडपर्व नजिकिँदै गरेको सन्दर्भमा उनीहरु गाउँघरमा देखिन या भेटिन सक्ने भएकाले नागरिकलाई पनि सतर्क रहन आग्रह गरिरहेको छ । भागेकामध्ये झन्डै ८ हजार जना कैदीहरू कारागार फर्किएका छन् भने अझै ६ हजार फरार रहेको प्रहरीले जनाएको छ।

 

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सम्भावित घटना रोक्न जिल्ला प्रहरी कार्यालयलाई आवश्यक पत्राचार भइसकेको जनाँउनु भएको छ । सुरक्षाका दृष्टिले कुनै शङ्कास्पद गतिविधि वा भागेका कैदी देखिए तत्काल नजिकैको प्रहरी कार्यालय वा सुरक्षानिकायलाई जानकारी दिन पनि उहाँको सबैमा आग्रह छ । कारागार व्यवस्थापन विभागले भागेका कैदीहरूलाई यही असोज २० गतेभित्र कारागार फर्कन समेत आग्रह गरेको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रेस स्वतन्त्रता नागरिकको सुसूचित हुन पाउने अधिकार भएको थापाको दाबी

काठमाडौँ,२० वैशाख। नेपाली कांग्रेसका सभापति गगन थापाले सत्य समाचार लेखेकै आधारमा सञ्चारकर्मीले डराउनु नपर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनु भएको छ। उहाँले यो कार्य सबैको

सुकुम्वासी बस्तीका भग्नावशेषमा कवाडी संकलन गर्नेको लर्को

काठमाडौँ,२० वैशाख। सरकारले उपत्यकाका विभिन्न सुकुम्वासी बस्ती खाली गराएसँगै भत्काइएका संरचनाका अवशेषहरू संकलन गर्नेहरूको भीड बढेको छ। गत शनिबारदेखि थापाथली, गैरीगाउँ, शंखमूल, मनोहरा, बालाजु, बल्खु,

रास्वलले भन्यो : आगामी स्थानीय तहको चुनावमा उम्मेदवार बन्न चाहानेले लिडरसिप एकेडेमी पास गर्नै पर्ने

काठमान्डौं,२० वैशाख । आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लबको सदस्य भई लिडरशिप एकेडमीबाट उतिर्ण हुनैपर्ने। यसअघि

पहिले बसोबासको व्यवस्था मिलाएर मात्रै सुकुम्बासी क्षेत्र खाली गर्नुपर्छ:पवित्रा महतारा प्रसाई

 झापा ,२० वैशाख । काठमाडौं उपत्यकाका नदी किनार तथा सार्वजनिक जग्गा खाली गर्ने क्रममा सयौं परिवार विस्थापित भएका छन् । सरकारले केही परिवारलाई अस्थायी रूपमा

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, समयमै नवीकरण नगर्नेलाई जिम्मेवारीबाट स्वतः मुक्त गरिने

काठमाडौँ, २० वैशाख। नेकपा (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यता सम्बन्धी डेमो

सरकारले ल्याएका ६ अध्यादेश , अब देश सुधार हुन्छ त?

सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका आठमध्ये ६ वटा अध्यादेश जारी भएका छन्। शनिबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले तीन अध्यादेश जारी गनर्’भएको ५ छ। शनिबार स्वास्थ्य विज्ञान