शिक्षामन्त्री पुनद्धारा त्रिवि पदाधिकारीसँग त्रिवि सुधारका योजना माग

काठमाडौं,१२ असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पदाधिकारीसँग विश्वविद्यालय सुधारको योजना माग गर्नु भएको छ ।

 

आइतबार बिहान त्रिविका उपकुलपति दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी, रजिस्ट्रार केदारप्रसाद रिजाल र डिनहरूसँग मन्त्रालयमा छलफल गर्दै मन्त्री पुनले त्रिवि सुधारका योजना माग गर्नु भएको छ ।

 

शिक्षा मन्त्रीको सचिवालयका अनुसार मन्त्री पुनले समयमा नतिजा निकाल्न नसक्नुको कारणबारे जिज्ञासा राख्नु भएको थियो । ‘त्रिविको अहिलेको स्थिति के हो ? सुधारको योजना के छ ? तत्काल समाधान र आइडिया पनि मन्त्रीज्यूले माग्नु भएको छ,’ मन्त्रालयका एक अधिकारीले भन्नु भयो, ‘नतिजा कति दिनमा सार्वजनिक हुन्छ ? अन्तर्राष्ट्रिय विद्यार्थी किन आएका छैनन् ? यसमा पनि मन्त्रीज्यूले समाधान माग्नु भएको छ ।’

 

छलफलमा सहभागी त्रिविका पदाधिकारीले पनि मन्त्री पुनले सुधारको योजना माग गरेको बताउनु भयो । ‘त्रिविको डेटाबेस हुनुप¥यो । कुनमा कति विद्यार्थी छन् ? सय दिनमा नतिजा सार्वजनिक हुनुप¥यो । अन्तर्राष्ट्रिय विद्यार्थीको आकर्षण गर्नुप¥यो भन्नुभएको छ । मुख्यतः त्रिविको सुधारको विषयमा छलफल भयो,’ छलफलमा सहभागी ती अधिकारीले भन्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका