सूर्यदर्शन सहकारीले दियाे हात्ती पीडितलाई राहत

दमक, असोज १२ । दमकस्थित सूर्यदर्शन सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्वप्रति संवेदनशीलता देखाउँदै आफ्ना सदस्य तथा सर्वसाधारणलाई प्रत्यक्ष लाभ र्पुयाउने कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसै क्रममा सहकारीले हात्तीको आक्रमणमा परी ज्यान गुमाएकी सुनिता राईको परिवारलाई ५ लाख रुपैयाँको बीमा रकम प्रदान गरेको छ।

संस्थाको १६औं वार्षिक साधारणसभाको अवसरमा दमक–३ निवासी दिवंगत राईको परिवारलाई उक्त बीमा रकम हस्तान्तरण गरिएको हो। कार्यक्रममा बोल्दै अध्यक्ष टिकाराज सापकोटाले सहकारीले सदस्य मात्र नभई सम्पूर्ण समुदायलाई लक्षित गरेर जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता दोर्होयाए।

यस्तै, साधारणसभाको समापन समारोहमा ७० वर्षमाथिका २० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो। प्रत्येक जेष्ठ नागरिकलाई नगद १,२०० रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो। सूर्यदर्शन सहकारीले विगत १६ वर्षदेखि वित्तीय सेवा विस्तारसँगै सामाजिक क्षेत्रका गतिविधिलाई पनि प्राथमिकतामा राख्दै आएको छ।

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले