काठमाडौँबाट काँकडभिट्टातर्फ आउँदै गरेको यात्रुवाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीमा दुर्घटना

बसमा सवार १७ जना सकुशल १४जना यात्रु घाइते मध्ये १० जनाको अवस्था मध्यम छ भने बाँकीको सामान्य

झापा,१३ असोज । काठमाडौँबाट काँकडभिट्टातर्फ आउँदै गरेको यात्रुवाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुली दुधौली नगरपालिका– ५ घारीथुम्सीमा दुर्घटना भएको प्रहरी जनाएको छ । बा.प्र.०१–००६ ख ९४२२ नम्बरको बस सोमबार बिहान साढे चार बजे आफैं अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा बसमा सवार १४जना यात्रु घाइते मध्ये १० जनाको अवस्था मध्यम छ भने बाँकी सामान्य रहेको प्रहरीले बताएको छ । घाइतेको उदयपुरस्थित कटारी अस्पताल र सिन्धुलीको दुधौली नगरपालिका ४ स्थित सिर्थौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता सूर्यप्रकाश सुवेदीले जानकारी दिनु भयो । घाइतेलाई प्रहरी र स्थानीयले उद्धार गरेका थिए। बस आफै अनियन्त्रित भई गलत साईडमा गई सडकदेखि अन्दाजी २२ फिट तल धानबारीमा खसेको प्रहरीले जनाएको छ।

कटारी अस्पतालमा उपचार भइरहेका घाइतेको विवरण यस प्रकार छ :–
१.जिल्ला काभ्रे धुलिखेल न.पा.२ बस्ने बर्ष २३ का माधव न्यौपाने (बाँया हात र खुट्टामा चोट, सामान्य)
२.जिल्ला झापा कमल गाउँपालिका केर्खा बस्ने बर्ष ३६ का संदिप योङखानी (बाँया हात र खुट्टामा चोट सामान्य)
३. झापा दमक न.पा.३ बस्ने बर्ष ३६ की मुना अधिकारी (टाउको,बाँंया हात र खुट्टामा चोट,अवस्था मध्यम)
४.निजकी छोरी बर्ष १९ की सुशिला अधिकारी (दाँंया हात र खुट्टामा चोट, अवस्था सामान्य)
५. झापा दमक न.पा.१ बस्ने बर्ष ४८ का दिनेश के.सी.खत्री (दाँंया पाखुरामा चोट, अवस्था सामान्य) रहेको छ भने

सिर्थौली अस्पतालमा उपचार भइरहेका घाइतेको विवरण यस प्रकार छ :–
१. मोरङ सुन्दरहरैचा गा.पा.८ बस्ने बर्ष ४३ का लोकबहादुर थापा (टाउको,दाँंया खुट्टामा चोट, अवस्था मध्यम)
२. इलाम सूर्योदय न.पा.१४ बस्ने बर्ष २२ की लिला भट्टराई (मुख र टाउकोमा चोट, अवस्था मध्यम)
३. काठमाण्डौं महालक्ष्मी न.पा.७ बस्ने बर्ष ४५ का खेमबहादुर बस्नेत( बांँया हातमा चोट, अवस्था मध्यम)
४.ऐ.ऐ.बस्ने उनकी श्रीमती बर्ष ४५ की चन्द्रकला पोखरेल( मुखमा चोट, अवस्था मध्यम)
५.उनकी छोरी बर्ष १९ की एन्जिला बस्नेत( मुखमा चोट, सामान्य)
६.उनकी छोरी बर्ष १० की अनिषा बस्नेत( दाँंया खुट्टामा चोट, अवस्था मध्यम)
७. काठमाण्डौं म.न.पा.३ बस्ने बर्ष ४० की पबित्रा राई (मुख र दाँंया खुट्टामा चोट, अवस्था मध्यम)
८. ताप्लेजुङ सिरिङ्वा गा.पा.६ बस्ने बर्ष ५८ का गोपाल कडरिया (टाउकोमा चोट ,सामान्य)
९.झापा बिर्तामोड न.पा.२ बस्ने बर्ष २३ की संगिता हेमरम (दांँत र दाँंया खुट्टामा चोट अवस्था मध्यम )
बसमा सवार १७ जना सकुशल रहेको सिन्धुली प्रहरीले बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अस्तित्वलाई स्वीकारौँ, अन्यायलाई होइन’ : डेन्जोम साम्पाङ

कला, साहित्य, संगीत र संस्कृतिको संरक्षणमा सक्रिय डाइनामिक ग्रुप नेपाल र स्वीकारोक्ति फाउन्डेसनको संयुक्त आयोजनामा बिर्तामोडमा ‘स्वीकारोक्ति स्वागत तथा भेटघाट कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रममा

बिजुलीमा भ्याट विवाद, जनतालाई राहत कि सरकारको राजस्व खेल

काठमान्डौं ,१७ साउन । ग्यासको अभाव, इन्धनको मूल्य वृद्धि र महँगीको मार खेपिरहेका नागरिकमाथि अब बिजुलीको भ्याटले अर्को बहस सुरु गराएको छ। सरकारले चालु आर्थिक

मानव तस्करी प्रकरणमा परराष्ट्रका सहसचिव पक्राउ, राहदानी ऐनअन्तर्गत मुद्दाू

काठमाडौं,१८ साउन ।  परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले सोमबार दिउँसो उनलाई मानव तस्करीको सञ्जाललाई सहयोग

जुलाईमा मात्र ७१ हजार ७७५ विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं,१८ साउन । नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो

कफ्र्यु हटेसँगै गोलबजारको जनजीवन सामान्य बन्दै

गोलबजार (सिरहा),१८ साउन । जिल्ला प्रशासन कार्यालय सिरहाले आइतबार साँझ ७ बजेदेखि कफ्र्यु हटाएपछि गोलबजार क्षेत्रको जनजीवन सोमबारदेखि क्रमशः सामान्य बन्दै गएको छ । सोमबार

कोटीहोममा दुर्घटना, वृद्धको मृत्यु

झापा ,१८ साउन। कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधनको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम