काठमाडौँबाट काँकडभिट्टातर्फ आउँदै गरेको यात्रुवाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीमा दुर्घटना

बसमा सवार १७ जना सकुशल १४जना यात्रु घाइते मध्ये १० जनाको अवस्था मध्यम छ भने बाँकीको सामान्य

झापा,१३ असोज । काठमाडौँबाट काँकडभिट्टातर्फ आउँदै गरेको यात्रुवाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुली दुधौली नगरपालिका– ५ घारीथुम्सीमा दुर्घटना भएको प्रहरी जनाएको छ । बा.प्र.०१–००६ ख ९४२२ नम्बरको बस सोमबार बिहान साढे चार बजे आफैं अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा बसमा सवार १४जना यात्रु घाइते मध्ये १० जनाको अवस्था मध्यम छ भने बाँकी सामान्य रहेको प्रहरीले बताएको छ । घाइतेको उदयपुरस्थित कटारी अस्पताल र सिन्धुलीको दुधौली नगरपालिका ४ स्थित सिर्थौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता सूर्यप्रकाश सुवेदीले जानकारी दिनु भयो । घाइतेलाई प्रहरी र स्थानीयले उद्धार गरेका थिए। बस आफै अनियन्त्रित भई गलत साईडमा गई सडकदेखि अन्दाजी २२ फिट तल धानबारीमा खसेको प्रहरीले जनाएको छ।

कटारी अस्पतालमा उपचार भइरहेका घाइतेको विवरण यस प्रकार छ :–
१.जिल्ला काभ्रे धुलिखेल न.पा.२ बस्ने बर्ष २३ का माधव न्यौपाने (बाँया हात र खुट्टामा चोट, सामान्य)
२.जिल्ला झापा कमल गाउँपालिका केर्खा बस्ने बर्ष ३६ का संदिप योङखानी (बाँया हात र खुट्टामा चोट सामान्य)
३. झापा दमक न.पा.३ बस्ने बर्ष ३६ की मुना अधिकारी (टाउको,बाँंया हात र खुट्टामा चोट,अवस्था मध्यम)
४.निजकी छोरी बर्ष १९ की सुशिला अधिकारी (दाँंया हात र खुट्टामा चोट, अवस्था सामान्य)
५. झापा दमक न.पा.१ बस्ने बर्ष ४८ का दिनेश के.सी.खत्री (दाँंया पाखुरामा चोट, अवस्था सामान्य) रहेको छ भने

सिर्थौली अस्पतालमा उपचार भइरहेका घाइतेको विवरण यस प्रकार छ :–
१. मोरङ सुन्दरहरैचा गा.पा.८ बस्ने बर्ष ४३ का लोकबहादुर थापा (टाउको,दाँंया खुट्टामा चोट, अवस्था मध्यम)
२. इलाम सूर्योदय न.पा.१४ बस्ने बर्ष २२ की लिला भट्टराई (मुख र टाउकोमा चोट, अवस्था मध्यम)
३. काठमाण्डौं महालक्ष्मी न.पा.७ बस्ने बर्ष ४५ का खेमबहादुर बस्नेत( बांँया हातमा चोट, अवस्था मध्यम)
४.ऐ.ऐ.बस्ने उनकी श्रीमती बर्ष ४५ की चन्द्रकला पोखरेल( मुखमा चोट, अवस्था मध्यम)
५.उनकी छोरी बर्ष १९ की एन्जिला बस्नेत( मुखमा चोट, सामान्य)
६.उनकी छोरी बर्ष १० की अनिषा बस्नेत( दाँंया खुट्टामा चोट, अवस्था मध्यम)
७. काठमाण्डौं म.न.पा.३ बस्ने बर्ष ४० की पबित्रा राई (मुख र दाँंया खुट्टामा चोट, अवस्था मध्यम)
८. ताप्लेजुङ सिरिङ्वा गा.पा.६ बस्ने बर्ष ५८ का गोपाल कडरिया (टाउकोमा चोट ,सामान्य)
९.झापा बिर्तामोड न.पा.२ बस्ने बर्ष २३ की संगिता हेमरम (दांँत र दाँंया खुट्टामा चोट अवस्था मध्यम )
बसमा सवार १७ जना सकुशल रहेको सिन्धुली प्रहरीले बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले