जेनजी आन्दोलनमा घाइते भएका झापाका घाइतहरुले भैपरी खर्च पाउने

झापाका १७३ जना घाइतेले जनही २० हजारका दरले भैपरी खर्च पाउँदै

झापा, असोज १३ । जेनजी आन्दोलनमा घाइते भएका झापाका १७३ जना घाइतेले भैपरी खर्च पाउने भएका छन् । उनीहरुलाई जनही २० हजारका दरले सरकारले भैपरी खर्च दिन लागेको छ । भदौ २३ र २४ गतेको आन्दोलनमा घाइते भएका झापाका १७३ जना घाइतेहरुका लागि २० हजारका दरले जम्मा ३४ लाख ६० हजार रुपैयाँ भैपरी खर्च आएको जिल्ला प्रशासन कार्यालय झापाले बताएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा घाइते भएका व्यक्तिहरुलाई भैपरी खर्च सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत रकम उपलब्ध गराउने गरी प्रथम चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा रकम निकासा गरिएको गृह मन्त्रालयले बताएको छ । गृह मन्त्रालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी रविन्द्र आचार्यले घाइते भई उपचाररथ अस्पताल जाँदाको विरामी टिकट पुर्जा÷कार्ड सहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुमा सम्पर्क राख्न जानकारी गराएको छ।

 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार भदौ २३ र २४ गते जेनजी युवाहरूको अगुवाईमा भएको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूलाई पहिचान एवम् सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त विवरणका आधारमा गृह मन्त्रालयले हिजैबाट परिचयपत्र वितरण गर्ने कार्य प्रारम्भ गरिसकनुको साथै सोही बैठकले घाइतेहरुलाई भैपरी खर्च दिने समेत निर्णय गरेको थियोे ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्री गुरुङको मृतक परिवारबीच वार्ता सुरु

काठमाडौं,१९ साउन । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु भएको छ । वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल

बाजुराको छेडेदह तालमा ६२ वर्षीया महिला मृत फेला

बाजुरा,१९ साउन । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्र छेडेदह तालमा एक महिला मृत अवस्थामा फेला पर्नु भएको छ । सोही पालिकाको वडा.नम्बर ७

ककनीलाई विकास र सम्भावनाको केन्द्र बनाउन माग

काठमाडौं,१९ साउन । अर्थविद् प्रा.डा. गोपीलाल न्यौपानेले ककनी गाउँपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा खेलेको भूमिकाको उचित मूल्याङ्कन हुनुपर्ने बताउनु भएको छ । उहाँले ककनीलाई फोहोर

मिलापको आयोजनामा गीति एल्बम ‘जागृति’ लोकार्पण

काठमाडौँ,१९ साउन । महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पु¥याउने उद्देश्यले तयार गरिएको गीति एल्बम ‘जागृति’ लोकार्पण गरिएको छ । दाहालका ‘स्वेतपत्र’ महाकाव्य र ‘योद्धा’

बजारमा ग्यास अभावबारे प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौं,१९ साउन । पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ । सरकारका मुख्य सचिव