जेनजी आन्दोलनमा घाइते भएका झापाका घाइतहरुले भैपरी खर्च पाउने

झापाका १७३ जना घाइतेले जनही २० हजारका दरले भैपरी खर्च पाउँदै

झापा, असोज १३ । जेनजी आन्दोलनमा घाइते भएका झापाका १७३ जना घाइतेले भैपरी खर्च पाउने भएका छन् । उनीहरुलाई जनही २० हजारका दरले सरकारले भैपरी खर्च दिन लागेको छ । भदौ २३ र २४ गतेको आन्दोलनमा घाइते भएका झापाका १७३ जना घाइतेहरुका लागि २० हजारका दरले जम्मा ३४ लाख ६० हजार रुपैयाँ भैपरी खर्च आएको जिल्ला प्रशासन कार्यालय झापाले बताएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा घाइते भएका व्यक्तिहरुलाई भैपरी खर्च सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत रकम उपलब्ध गराउने गरी प्रथम चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा रकम निकासा गरिएको गृह मन्त्रालयले बताएको छ । गृह मन्त्रालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी रविन्द्र आचार्यले घाइते भई उपचाररथ अस्पताल जाँदाको विरामी टिकट पुर्जा÷कार्ड सहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुमा सम्पर्क राख्न जानकारी गराएको छ।

 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार भदौ २३ र २४ गते जेनजी युवाहरूको अगुवाईमा भएको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूलाई पहिचान एवम् सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त विवरणका आधारमा गृह मन्त्रालयले हिजैबाट परिचयपत्र वितरण गर्ने कार्य प्रारम्भ गरिसकनुको साथै सोही बैठकले घाइतेहरुलाई भैपरी खर्च दिने समेत निर्णय गरेको थियोे ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले