आन्दोलनका क्रममा धेरै युवाले ज्यान गुमाउनुपरेको भन्दै प्रधानमन्त्री कार्कीर्ले दसैंको टीकाजमरा नलगाउने

प्रधानममन्त्री कार्कीले दसैंको शुभकामना सन्देश दिँदै सरकारले तोकेकै मितिमा निर्वाचन गर्न कटिबद्ध रहेको

काठमाडौँ,१३ असोज। प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष दसैंको टीकाजमरा नलगाउने हुनु भएको छ । जेन–जी आन्दोलनका क्रममा धेरै युवाले ज्यान गुमाउनुपरेको भन्दै टीका नलगाउने उहाँको स्वकीय सचिवालयले बताएको छ ।
’बडादसैं प्रत्येक वर्ष हर्सोल्लासका साथ मनाउने चाड भए तापनि हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाले आफ्नो ज्यान गुमाउनुपरेको पीडा हाम्रासामु रहेको’ प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीको सचिवायलद्वारा जारी विज्ञप्तिमा कार्कीले टीका जमरा नलगाउने पनि उल्लेख गरिएको छ ।

 

The Prime Minister will not celebrate Dasain saying that youths have lost their lives in the movement

’यस वर्ष प्रधानमन्त्रीले बडादसैंको टीकाजमरा नलगाउने र देशवासीलाई समेत टीका लगाउने कार्यक्रम नरहेको’ सचिवालयले बताएको छ ।

 

यस्तै, प्रधानममन्त्री कार्कीले दसैंको शुभकामना सन्देश दिँदै सरकारले तोकेकै मितिमा निर्वाचन गर्न कटिबद्ध रहेको बताँउनु भएको छ् । युवा पुस्ताको अभुतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएकाले सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नु भएको छ ।

 

समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने कामना गर्दै उहाँले मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको मार्गमा अघि बढ्ने सङ्कल्प गरी देश विकासमा लाग्न सबैमा अपिल गर्नु भएको छ् ।दसैंले पारिवारिक मिलन, सामाजिक मेलमिलाप र सद्भाव बढाउन मद्दत गरोस् भन्ने उहाँको कामना रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अस्तित्वलाई स्वीकारौँ, अन्यायलाई होइन’ : डेन्जोम साम्पाङ

कला, साहित्य, संगीत र संस्कृतिको संरक्षणमा सक्रिय डाइनामिक ग्रुप नेपाल र स्वीकारोक्ति फाउन्डेसनको संयुक्त आयोजनामा बिर्तामोडमा ‘स्वीकारोक्ति स्वागत तथा भेटघाट कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रममा

बिजुलीमा भ्याट विवाद, जनतालाई राहत कि सरकारको राजस्व खेल

काठमान्डौं ,१७ साउन । ग्यासको अभाव, इन्धनको मूल्य वृद्धि र महँगीको मार खेपिरहेका नागरिकमाथि अब बिजुलीको भ्याटले अर्को बहस सुरु गराएको छ। सरकारले चालु आर्थिक

मानव तस्करी प्रकरणमा परराष्ट्रका सहसचिव पक्राउ, राहदानी ऐनअन्तर्गत मुद्दाू

काठमाडौं,१८ साउन ।  परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले सोमबार दिउँसो उनलाई मानव तस्करीको सञ्जाललाई सहयोग

जुलाईमा मात्र ७१ हजार ७७५ विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं,१८ साउन । नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो

कफ्र्यु हटेसँगै गोलबजारको जनजीवन सामान्य बन्दै

गोलबजार (सिरहा),१८ साउन । जिल्ला प्रशासन कार्यालय सिरहाले आइतबार साँझ ७ बजेदेखि कफ्र्यु हटाएपछि गोलबजार क्षेत्रको जनजीवन सोमबारदेखि क्रमशः सामान्य बन्दै गएको छ । सोमबार

कोटीहोममा दुर्घटना, वृद्धको मृत्यु

झापा ,१८ साउन। कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधनको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम