सभामुख घिमिरेद्धारा दसैंले नयाँ उमंग, उत्साह र सद्भाव जगाउने कामना

नवयुवाहरूको विद्रोहबाट उत्पन्न अशान्तिलाई शान्तिमा बदल्न प्रेरणा मिल्ने विश्वास

काठमाडौँ,१३ असोज । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दसैं नेपाली समाजमा मेलमिलाप र पुनर्मिलनको पर्वका रूपमा स्थापित भएको बताँउनु भएको छ। बडा दसैं, २०८२ को शुभकामना दिँदै उहाँले सत्यको विजय, असत्यको पराजय, मेलमिलाप र पुनर्मिलनको प्रतीकको रुपमा रहेको यस पर्वले सबैमा नयाँ उमंग, उत्साह र सद्भावको भाव जागृत गरोस् भनि कामना पनि गर्नु भएको छ ।

 

दसैंलाई शक्ति, सत्य र सदाचारको विजयको प्रतीकका रूपमा लिइन्छ । यस पर्वमा दश दिनसम्म दुर्गा भवानीको आराधना गर्ने प्रचलन रहेको छ । घटस्थापनादेखि सुरु हुने यो पर्व नवदुर्गा माताको पूजाआजा सहित सम्पन्न गरिन्छ। विजयादशमीको दिन देवी दुर्गाले दानवीय शक्तिमाथि विजय प्राप्त गरेको तथा रामले रावणमाथि जित हासिल गरेको धार्मिक आस्था रहिआएको पाइन्छ । त्यसैले यो पर्वले असत्यमाथि सत्य, अन्यायमाथि न्याय र असुरी शक्तिमाथि दिव्य शक्तिको विजयको सन्देश दिने उहाँको भनाइ छ ।

सभामुख घिमिरेले दसैंको पूर्वसन्ध्यामा नेपाली नवयुवाहरूको विद्रोहका कारण देखिएको अशान्तिलाई शान्तिमा रुपान्तरण गर्न सबैलाई प्रेरणा प्राप्त हुने विश्वास लिनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अस्तित्वलाई स्वीकारौँ, अन्यायलाई होइन’ : डेन्जोम साम्पाङ

कला, साहित्य, संगीत र संस्कृतिको संरक्षणमा सक्रिय डाइनामिक ग्रुप नेपाल र स्वीकारोक्ति फाउन्डेसनको संयुक्त आयोजनामा बिर्तामोडमा ‘स्वीकारोक्ति स्वागत तथा भेटघाट कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रममा

बिजुलीमा भ्याट विवाद, जनतालाई राहत कि सरकारको राजस्व खेल

काठमान्डौं ,१७ साउन । ग्यासको अभाव, इन्धनको मूल्य वृद्धि र महँगीको मार खेपिरहेका नागरिकमाथि अब बिजुलीको भ्याटले अर्को बहस सुरु गराएको छ। सरकारले चालु आर्थिक

मानव तस्करी प्रकरणमा परराष्ट्रका सहसचिव पक्राउ, राहदानी ऐनअन्तर्गत मुद्दाू

काठमाडौं,१८ साउन ।  परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले सोमबार दिउँसो उनलाई मानव तस्करीको सञ्जाललाई सहयोग

जुलाईमा मात्र ७१ हजार ७७५ विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं,१८ साउन । नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो

कफ्र्यु हटेसँगै गोलबजारको जनजीवन सामान्य बन्दै

गोलबजार (सिरहा),१८ साउन । जिल्ला प्रशासन कार्यालय सिरहाले आइतबार साँझ ७ बजेदेखि कफ्र्यु हटाएपछि गोलबजार क्षेत्रको जनजीवन सोमबारदेखि क्रमशः सामान्य बन्दै गएको छ । सोमबार

कोटीहोममा दुर्घटना, वृद्धको मृत्यु

झापा ,१८ साउन। कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधनको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम