धरानका मेयर साम्पाङद्धारा आफ्नो दलको झन्डा नहुने

देश बनाउन सबैले श्रममा जोड दिनुपर्ने

झापा,१३ असोज।‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनु भएका धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो दलको झन्डा नहुने बताँउनु भएको छ।

पार्टीको झन्डा नराख्नुमा उहाँले २ कारण रहेको बताँउनु भएको छ।

‘हाम्रो पार्टीको झन्डा रहने छैन। कारण २ वटा छन्’, मेयर साम्पाङले सोमबार सामाजिक सञ्जालमा लेख्नु भएको छ,
१. कपडाको नाश गर्न चाहनौँ। गरिबले नाङ्गो आङ ढाक्न नसकेको बेला करोडौँको कपडा च्यातेर झन्डा बनाउनु हुन्न।

२. आफ्नो पार्टीको झन्डा बोक्न थाले देशको राष्ट्रिय झन्डाको माया नलाग्दो रैछ। त्यसैले हाम्रो पार्टीको झन्डा हुने छैन।’

निर्वाचन आयोगले दल दर्ताका लागि साम्पाङबाट आएको निवेदन अध्ययनकै क्रममा रहेको र दसैँ बिदा सकिएलगत्तै यस विषयमा निर्णय हुने जनाएको छ।

धरानमा खानेपानी अभावलाई मुद्दा बनाएर स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा विजयी साम्पाङले त्यहाँ आफैँ सहभागी भएर श्रमबाटै खानेपानी परिपूर्ति गर्ने प्रयास गरिरहनु भएको छ।
देश बनाउन सबैले श्रममा जोड दिनुपर्ने उहाँले बताउने गर्नु भएको छ। जेनजी आन्दोलनबाट कांग्रेस–एमाले गठबन्धनको सरकार ढलेर मुलुकमा अन्तरिम सरकार गठन भइसकेको छ भने प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गतेका लागि चुनाव समेत तोकिएको छ। यसै अवसरमा मेयर साम्पाङले पनि पार्टी खोल्न लाग्नु भएको हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अस्तित्वलाई स्वीकारौँ, अन्यायलाई होइन’ : डेन्जोम साम्पाङ

कला, साहित्य, संगीत र संस्कृतिको संरक्षणमा सक्रिय डाइनामिक ग्रुप नेपाल र स्वीकारोक्ति फाउन्डेसनको संयुक्त आयोजनामा बिर्तामोडमा ‘स्वीकारोक्ति स्वागत तथा भेटघाट कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रममा

बिजुलीमा भ्याट विवाद, जनतालाई राहत कि सरकारको राजस्व खेल

काठमान्डौं ,१७ साउन । ग्यासको अभाव, इन्धनको मूल्य वृद्धि र महँगीको मार खेपिरहेका नागरिकमाथि अब बिजुलीको भ्याटले अर्को बहस सुरु गराएको छ। सरकारले चालु आर्थिक

मानव तस्करी प्रकरणमा परराष्ट्रका सहसचिव पक्राउ, राहदानी ऐनअन्तर्गत मुद्दाू

काठमाडौं,१८ साउन ।  परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले सोमबार दिउँसो उनलाई मानव तस्करीको सञ्जाललाई सहयोग

जुलाईमा मात्र ७१ हजार ७७५ विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं,१८ साउन । नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो

कफ्र्यु हटेसँगै गोलबजारको जनजीवन सामान्य बन्दै

गोलबजार (सिरहा),१८ साउन । जिल्ला प्रशासन कार्यालय सिरहाले आइतबार साँझ ७ बजेदेखि कफ्र्यु हटाएपछि गोलबजार क्षेत्रको जनजीवन सोमबारदेखि क्रमशः सामान्य बन्दै गएको छ । सोमबार

कोटीहोममा दुर्घटना, वृद्धको मृत्यु

झापा ,१८ साउन। कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधनको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम