दमक, १५ असोज | दशैँ लाग्ने बित्तिकै ६ ओटा बाँस गाडेर लिङ्गे पिङ खेल्ने नेपाली संस्कृती र परम्परा नै छ । अझ पिङ खेलेन भने दशैँ नै आएन भन्ने भनाई पनि छ । लिङ्गे पिङलाई दशैँको आगमनको संङ्केत मानिन्छ ।
तर, अहिले भने अघिल्ला दशकमा जस्तो सर्वत्र लिङ्गे पिङ देखिँदैन । शहर बजारमा त झन् कम नै देखिन्छ । लिङ्गे पिङ खेल्ने परम्परा हराउँदै जानुको कारण आधुनिकतासंगै पक्कै पनि यसको महत्व नबुझेर हुनुपर्छ । तर केही स्थानमा लगाएकोपिङ खेल्ने आउनेहरुले भने यसलाई मनोरञ्जनका रुपमा मात्र नभई जिज्ञासाका रुपमा पनि हेरैका छन् ।
दशैँको समयमा कम्तीमा एक पटक मात्र भएपनि पिङ खेले, यसले जिवनमा नयाँ उचाई र उत्साह ल्याउँछ भन्ने पुरानो विश्वास र मान्यता छ । लिङ्गे पिङ लोप हुदैँ गएसगैँ मानिसहरुले यसको महत्व बारे पनि बिर्सिदै गएका छन् । नयाँ पुस्ताले लिङ्गे पिङलाई परम्परासंग जोड्ने गरेका छन् ।
दमक ९ की स्थानीयवासी निर्मला अर्याल असुर माथी दुर्गा माताले विजय प्राप्त गरेको दिन देखी दशैँ मनाउने गरेको र दशैँमा आफूभन्दा ठूला मान्यजनहरुको हात बाट टिका लगाई एक चोटी भएपनि भुईँ छोड्नुपर्छ भन्ने कुरा पहिला देखी सुन्दै गरेको र आफूले पनि त्यही मान्ने गरेको बताउनुहुन्छ ।
पहिले देखी नै दशैँको बेला लिङ्गे पिङ खेल्ने चलन थियो र आफूले पनि त्यही अनुसार हरेक वर्ष लिङ्गे पिङ खेल्दै आएको तर, यसको महत्वका बिषयमा जानकारी नभएक दमक ३ का स्थानीय वीर बहादुर खत्रीको भनाई छ ।
खासगरी पछिल्लो पुस्तालाई यसको महत्वका रुपमा अभिभावकले पनि चाासो लिन थालेका छन् । दमक ९ की हरी माया कुवँर विशेष गरी बालबालिकालाई मनोरञ्जनको लागी लिङ्गे पिङ लगाईदिने गरेको बताउनुभयो ।
लिङ्गे पिङ केवल खेल वा मनोरञ्जन मात्र होईन, यो हाम्रो सांस्कृतीक पहिचान हो । यसले दशैँ अझ विशेष बनाउँछ र हाम्रो सामूहिक परम्पराको झलक दिन्छ । यस्ता परम्परा झल्काउने सस्कृतिलाई संरक्षण गर्न जरुरी देखिन्छ ।









