गाउँघरमा लोपहुदै गयो लिङ्गे पीङ दमकमा कहाँ कहाँ छ ? भिडियो रिपोर्ट

लिङ्गे पिङ केवल खेल वा मनोरञ्जन मात्र होईन, यो हाम्रो सांस्कृतीक पहिचान हो । यसले दशैँ अझ विशेष बनाउँछ र हाम्रो सामूहिक परम्पराको झलक दिन्छ ।

दमक, १५ असोज |  दशैँ लाग्ने बित्तिकै ६ ओटा बाँस गाडेर लिङ्गे पिङ खेल्ने नेपाली संस्कृती र परम्परा नै छ । अझ पिङ खेलेन भने दशैँ नै आएन भन्ने भनाई पनि छ । लिङ्गे पिङलाई दशैँको आगमनको संङ्केत मानिन्छ ।

 

तर, अहिले भने अघिल्ला दशकमा जस्तो सर्वत्र लिङ्गे पिङ देखिँदैन । शहर बजारमा त झन् कम नै देखिन्छ । लिङ्गे पिङ खेल्ने परम्परा हराउँदै जानुको कारण आधुनिकतासंगै पक्कै पनि यसको महत्व नबुझेर हुनुपर्छ । तर केही स्थानमा लगाएकोपिङ खेल्ने आउनेहरुले भने यसलाई मनोरञ्जनका रुपमा मात्र नभई जिज्ञासाका रुपमा पनि हेरैका छन् ।

 

दशैँको समयमा कम्तीमा एक पटक मात्र भएपनि पिङ खेले, यसले जिवनमा नयाँ उचाई र उत्साह ल्याउँछ भन्ने पुरानो विश्वास र मान्यता छ । लिङ्गे पिङ लोप हुदैँ गएसगैँ मानिसहरुले यसको महत्व बारे पनि बिर्सिदै गएका छन् । नयाँ पुस्ताले लिङ्गे पिङलाई परम्परासंग जोड्ने गरेका छन् ।

 

दमक ९ की स्थानीयवासी निर्मला अर्याल असुर माथी दुर्गा माताले विजय प्राप्त गरेको दिन देखी दशैँ मनाउने गरेको र दशैँमा आफूभन्दा ठूला मान्यजनहरुको हात बाट टिका लगाई एक चोटी भएपनि भुईँ छोड्नुपर्छ भन्ने कुरा पहिला देखी सुन्दै गरेको र आफूले पनि त्यही मान्ने गरेको बताउनुहुन्छ ।

पहिले देखी नै दशैँको बेला लिङ्गे पिङ खेल्ने चलन थियो र आफूले पनि त्यही अनुसार हरेक वर्ष लिङ्गे पिङ खेल्दै आएको तर, यसको महत्वका बिषयमा जानकारी नभएक दमक ३ का स्थानीय वीर बहादुर खत्रीको भनाई छ ।

 

खासगरी पछिल्लो पुस्तालाई यसको महत्वका रुपमा अभिभावकले पनि चाासो लिन थालेका छन् । दमक ९ की हरी माया कुवँर विशेष गरी बालबालिकालाई मनोरञ्जनको लागी लिङ्गे पिङ लगाईदिने गरेको बताउनुभयो ।

 

लिङ्गे पिङ केवल खेल वा मनोरञ्जन मात्र होईन, यो हाम्रो सांस्कृतीक पहिचान हो । यसले दशैँ अझ विशेष बनाउँछ र हाम्रो सामूहिक परम्पराको झलक दिन्छ । यस्ता परम्परा झल्काउने सस्कृतिलाई संरक्षण गर्न जरुरी देखिन्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वरुण र छुजुङ जलविद्युतविरुद्ध स्थानीय आन्दोलित

काठमाडौं,९ भदौ । संखुवासभाको भोटखोला गाउँपालिकाभित्र रहेका वरुण, छुजुङ्ग, बकाङ्ग लगायतका नदी तथा खोलानाला माथि जलविद्युत परियोजनाका नाममा भइरहेको हस्तक्षेप रोक्न स्थानीयवासीले सरकारसँग माग गरेका

डोल्पामा एकैसाथ देखिए तीन हिउँ चितुवा

डोल्पा,९ भदौ । हिमाली जिल्ला डोल्पामा एकैपटक तीन वटा हिउँ चितुवाहरु देखिएका छन् । डोल्पो बुद्ध गाउँपालिका–१ धो तारापको मिर्बु खोला क्षेत्रमा एक माउ र

दोषीलाई संविधानसम्मत कठोर सजाय दिन सांसद रम्तेलको माग

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गर्नु भएको

संक्रामक पशु रोग नियन्त्रण विधेयक माथि सैद्धान्तिक छलफल

काठमाडौँ,८ भदौ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले

कोशी कटान र बालेनको भ्रमणबारे सांसद हर्क राईको आपत्ति

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गर्नु भएको छ। साथै उहाँले

विभत्स घटनाहरू बढ्दा पनि सरकार उदासीन भएको सांसद शर्माको आरोप

काठमाडौँ,८ भदौ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको