दमक, १५ असोज ।विद्यालयको प्राङ्गण । विद्यार्थीहरु विद्यालय पोषाकमा थीएनन । हेर्दा नयाँ लुगामा देखिन्थे । उनीहरुमा खुसी र उत्सााहको भाव प्रष्टै देखिन्थ्यो । किनकी उनीहरुलाई अघील्लो दिननै भनिएको थियो भोली नयाँ लुगा आएर आउनु स्कुलमा दशैको टिका लगाएर रमाईलो गर्न पर्छ है । अनी उनीहरुले आफ्ना अभिभावकलाई भनेर नयाँ तथा सफा कपडा लगाइदिन अनुरोध गरे । त्यहि लगाएर स्कुल पुगे । स्कुलको माहोल अन्य दिनको भन्दा भीन्न थियो ।
प्राङ्गणमा दशैको भाव झल्कने दृष्यहरु देखिन्थे । विद्यालयका शिक्षक , प्रधानाध्यापक तथा सञ्चालकहरु पनि जमरा र टीकाको थाली बोकेर विद्यार्थीलाई भेट्न आतुर । हो यो निकै रोमाञ्चक दृष्य दमक ८ स्थित एभरेष्ट बोर्डीङ स्कुलको हो । यहाँ विद्यार्थीलाई आफै जमारा छर्न सिकाईयो । जमरामा केके पर्छन भनेर सिकाईयो । त्यसलाई हुर्काउन केके गर्नु पर्छ भन्ने पनि विद्यार्थीलाई गराउन लगाइयो । अनी दशैको अवसरमा विद्यालय विदा गर्ने अन्तिम दिन सबै विद्यार्थीलाई सामुहिक टिका लगाइयो ।
टिका लगाउनु अघी यसरी दशैमा किन टिका लगाउने भन्नेबारेमा विद्यार्थीलाई सिकाइयो । यसरी दशैको महत्व विद्यार्थीहरुलाई व्यवहारीक रुपमा बुझाएर दशै मनाइएको र विद्यार्थीलाई पनि आफ्नो सस्कार र सस्कृतीका बारेमा जानकारी मिलेको विस्वास व्यक्त गर्नुहुन्छ बोर्डीङका सस्थापक सञ्चालक तथा प्रिन्सीपिल कोषराज प्याकुरेल ।
 
								 
								 
								 
											 
								 
								 
								 
								 
								 
								 
								








