ईलाका प्रहरी चौकी नायबजारलाई फर्निचर सहयोग

ईलाम,१५ असोज। स्थानीय समाजसेवी, उद्यमी तथा लायन्स क्लब अफ काठमाडौं शम्भला ९जिल्ला (३२५L )का उपाध्यक्ष मुकेश भण्डारीले इलाम नायबजार प्रहरी चौकीलाई करिब ५० हजार रुपैयाँ बराबरको फर्निचर हस्तान्तरण गर्नुभएको छ।

सहयोग स्वरूप उहाँले प्रहरी चौकीलाई स्टिल दराज, स्टिल टेबल र प्रमुख कुर्सी उपलब्ध गराउनुभएको हो।
कार्यक्रममा बोल्दै भण्डारीले भन्नुभयो– “समाज सुरक्षित राख्न प्रहरी बलियो र सक्षम हुनु जरुरी छ। प्रशासन कमजोर हुँदा हामी सुरक्षित रहन सक्दैनौं । जेनजी’ आन्दोलनको समयमा एक दिन मात्र प्रहरीले काम रोक्दा कस्तो अवस्था आयो भन्ने हामी सबैले देखिसकेका छौं। हामी नागरिक आफैं पनि नागरिक प्रहरी हौं, त्यसैले प्रहरीलाई सहयोग गर्नु हाम्रो दायित्व हो।”

भण्डारी नायबजारमै निर्माण गरिएको नेपालको सबैभन्दा अग्लो भगवान गणेशको प्रतिमा ९२१ फिट० का प्रवर्तक हुनुहुन्छ । साथै, उहाँले नायबजारस्थित बालगुरु संस्कृत गुरुकुललाई विद्यार्थीहरूको शैक्षिक स्तर उकास्नका लागि चाँडै नै एक थान स्कुटर उपलब्ध गराउने घोषणा पनि गर्नुभएको छ। प्रहरी चौकीले फर्निचर पाउँदा खुसी व्यक्त गर्दै स्थानीय अगुवाहरूले भण्डारीको योगदानले प्रहरी–समुदाय सम्बन्ध अझ मजबुत बनेको प्रतिक्रिया दिएका छन्। हाल काठमाडौंमा बसोबास गर्दै आएका भण्डारी निरन्तर आफ्नो जन्मभूमि नायबजारसँग भावनात्मक र सामाजिक रूपमा जोडिनुहुन्छ। उहाँका यस्ता सकारात्मक कार्यहरूले समाजमा शान्ति, सद्भाव र सहयोगको संस्कृति फैलाउने विश्वास गरिएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले