आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले महाअष्टमीको राति तान्त्रिक विधिले कालरात्रि पूजा गर्ने परम्परा

दमक,१५ असोज।प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज बुधबार देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै छ। महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइने परम्परा छ। दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजाआराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमदेवी भागवत एवं देवी स्तोत्र पाठ गरिने गरिन्छ।

पशुबलि नदिने र शाकाहारीले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने चलन छ। अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ। मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ हेरीने परम्परा छ। कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गर्दछन्।

 

नवरात्रको अन्तिम दिन आज अर्थात बुधबार पनि देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शनका लागि भक्तजनको भने घुइचो लाग्ने गर्दछ। आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजाकोठा वा दसैँ घरमा बुधबार नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजाआराधना गरिन्छ।

 

दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ। यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजाआराधना गरिन्छ। महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निसानापूजा गरिने परम्परा छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निसाना पूजा र कोतपूजा गर्ने प्रचलन रहिआएको छ।

यसैबीच हरेक वर्ष दसैँको महानवमीका दिन मात्र सबैका लागि पूजाआजा एवं दर्शन गर्न खोलिने तलेजु मन्दिर आज खुला गरिएको पनि छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा आज लाखौँ भक्तजन पूजाआराधना एवं दर्शनका लागि पुग्ने गर्द गर्छन्। तलेजु मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराइने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलले जानकारी दिनु भयो। तलेजु भवानीलाई भने फूलपातीकै दिन सोमबार हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको थियो। तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने बताइएको छ।

मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइन्छ। राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले महाअष्टमीको राति तान्त्रिक विधिले कालरात्रि पूजा गर्ने गरिएको बताइएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जुलाईमा मात्र ७१ हजार ७७५ विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं,१८ साउन । नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो

कफ्र्यु हटेसँगै गोलबजारको जनजीवन सामान्य बन्दै

गोलबजार (सिरहा),१८ साउन । जिल्ला प्रशासन कार्यालय सिरहाले आइतबार साँझ ७ बजेदेखि कफ्र्यु हटाएपछि गोलबजार क्षेत्रको जनजीवन सोमबारदेखि क्रमशः सामान्य बन्दै गएको छ । सोमबार

कोटीहोममा दुर्घटना, वृद्धको मृत्यु

झापा ,१८ साउन। कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधनको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम

ट्राफिक प्रहरीले गर्यो २४ घण्टामा ८४१ जनालाई कारबाही

काठमाडौं,१८ साउन । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन

सिन्धुलीमा दुर्घटना, सवारको पहिचान खुल्यो

रामेछाप,१८ साउन । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीमा खसेको कारमा सवार यात्रुहरुको पहिचान खुलेको छ । सिन्धुली प्रहरीका अनुसार