जेन—जी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु ,अन्य घाइतेको उपचार जारी

काठमाडौँ,१५ असोज । भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनका २ हजार ३ सय १६ जना घाइतेले स्वास्थ्य संस्थाहरूबाट उपचार लिएको सरकारले बताएको छ । भ्रष्टाचार, बेथितिविरुद्ध जेनजी पुस्ताले आन्दोलन गरेका थिए । जसमा देशभर विभिन्न स्थानमा झडप, तोडफोड, आगजनी भयो, जहाँ ७६ जनाले ज्यान गुमाउनु परेको थियो।

 

सुरुवातको समयमा देशभरका ८३ वटा अस्पतालले जेनजी आन्दोलनका घाइतेहरूको उपचार गरेको सरकारी तथ्यांकले जनाएको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले घाइतेहरूमध्ये केहीको भर्ना भएर शल्यक्रिया गर्नुपरेको बताउनु भएको छ । केही सामान्य उपचार बसेको र केही अहिले पनि भर्नारत रहेको बताउनु भयो । अहिले पनि देशभरका विभिन्न १० वटा अस्पतालहरूमा जेनजी घाइतेहरू उपचाररत रहेका छन् । आन्दोलनमा घाइते भएकाहरूमध्ये अस्पतालमा पुग्दा पुग्दै वा अस्पतालमा नै उपचार हुँदाहुँदै मृत्यु हुनेको संख्या ४९ रहेको उहाँले जानकारी दिनु भयो ।

 

हाल १० वटा अस्पतालमा ३८ जना घाइतेहरू उपचाररत रहेका पनि उहाँले बताँउनु भयो। उहाँका अनुसार बुधबारसम्म १० वटा स्वास्थ्य संस्थाहरूमा अहिले पनि आन्दोलनमा घाइते भएकहरूको उपचार भइरहेको छ । हालसम्म २ हजार ३ सय १६ जना घाइतेहरूले स्वास्थ्य संस्थाहरूबाट उपचार लिएका तथ्यांक रहेको छ । र २ हजार २ सय २९ जना डिस्चार्ज भएर घर फर्किएका पनि डा. बुढाथोकीले जानकारी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले