प्रेस चौतारी नेपालद्धारा जेनेजी आन्दोलनको छानबिन आयोगको निष्पक्षतामाथि प्रश्न

प्रेस चौतारीको दोषीलाई कारबाही गर्न र आगामी निर्वाचनको वातावरण बनाउन सरकारलाई आग्रह

काठमाडौँ,१५ असोज । प्रेस चौतारी नेपालले जेनेजी आन्दोलनका क्रममा भएको गोली प्रहार र त्यसपछि भएका घटनाबारे छानबिन गरिरहेको आयोगको निष्पक्षता शङ्कास्पद रहेको बताएको छ। साथै, सरकारले प्रतिशोध र पूर्वाग्रहका आधारमा ‘मिडिया ट्रायल’ गर्दै विधिको शासनको खिल्ली उडाएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको जनाएको छ।

बडादसैँको अवसरमा शुभकामना सन्देशसमेत दिँदै प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले जारी विज्ञप्तिमा भदौ २३ गते आन्दोलनका क्रममा भएको गोली प्रहार र भदौ २४ गते भएको लुटपाट, आगजनी, सम्पत्ति नोक्सानी लगायतका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही हुनुपर्नेमा जोड दिन सरकारको ध्यानर्कषण गरिएको छ।

विज्ञप्तिमा भनिएको छ– जेनजी आन्दोलनकै नाममा सञ्चारमाध्यम तथा सञ्चारकर्मीका व्यक्तिगत सम्पत्तिमाथि आक्रमण, तोडफोड र लुटपाटका घटनाहरू भएका छन् । अहिले पनि सञ्चारकर्मीहरूमाथि देशभर धम्की आइरहेको अवस्था छ । देशमा दण्डहीनताको अन्त्य गर्नुपर्ने चुनौती रहेको छ ।’

छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले विभिन्न विषयमा निष्कर्ष निकाल्दै फैसला नै सुनाइसकेको जस्तो देखिएको भन्दै चौतारीले उहाँको भूमिका शङ्कास्पद रहेको दाबी गरेको छ।

‘तटस्थ र निष्पक्ष हुनुपर्नेमा कार्कीको जुन पक्षधरता देखिएको छ, यसले विधिको शासनको खिल्ली उडाउनुका साथै आयोगको निष्पक्षतामाथि समेत प्रश्न खडा गरेको छ,’ विज्ञप्तिमा भनिएको छ– ‘अध्यक्ष कार्कीको भूमिका प्रथम दृष्टिमै शङ्कास्पद देखिएकाले नैतिकताका आधारमा राजीनामा दिन माग गर्दछौँ ।’

प्रेस चौतारीले सरकारले एकातिर निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताको राहदानी रोक्का गर्ने सिफारिस गरेर पूर्वाग्रही ढंगले मिडिया ट्रायल चलाएको तर अर्कोतर्फ आन्दोलनपछि भएका विध्वंसकारी घटनामा संलग्न दोषीमाथि कारबाही नगरी प्रहरीलाई रोक लगाएको भन्दै आपत्ति प्रकट गरि रहेको छ। प्रेस चौतारीका अनुसार सरकारले दिएको निर्देशनले अपराधीको मनोबल बढाउने र प्रहरीको कानुनी अधिकारमाथि हस्तक्षेप गर्ने काम गरेको जनाएको छ।

प्रेस चौतारीले जेनेजी पुस्ताले उठाएका मागप्रति संवेदनशील बन्न र आगामी निर्वाचनको वातावरण निर्माण गर्न सरकारलाई आग्रह समेत गरेको छ। साथै, नयाँ पुस्ताको विचार सुन्ने, छलफल र संवादतर्फ राजनीतिक दलहरू क्रियाशील हुनुपर्नेमा समेत जोड दिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले