प्रेस चौतारी नेपालद्धारा जेनेजी आन्दोलनको छानबिन आयोगको निष्पक्षतामाथि प्रश्न

प्रेस चौतारीको दोषीलाई कारबाही गर्न र आगामी निर्वाचनको वातावरण बनाउन सरकारलाई आग्रह

काठमाडौँ,१५ असोज । प्रेस चौतारी नेपालले जेनेजी आन्दोलनका क्रममा भएको गोली प्रहार र त्यसपछि भएका घटनाबारे छानबिन गरिरहेको आयोगको निष्पक्षता शङ्कास्पद रहेको बताएको छ। साथै, सरकारले प्रतिशोध र पूर्वाग्रहका आधारमा ‘मिडिया ट्रायल’ गर्दै विधिको शासनको खिल्ली उडाएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको जनाएको छ।

बडादसैँको अवसरमा शुभकामना सन्देशसमेत दिँदै प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले जारी विज्ञप्तिमा भदौ २३ गते आन्दोलनका क्रममा भएको गोली प्रहार र भदौ २४ गते भएको लुटपाट, आगजनी, सम्पत्ति नोक्सानी लगायतका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही हुनुपर्नेमा जोड दिन सरकारको ध्यानर्कषण गरिएको छ।

विज्ञप्तिमा भनिएको छ– जेनजी आन्दोलनकै नाममा सञ्चारमाध्यम तथा सञ्चारकर्मीका व्यक्तिगत सम्पत्तिमाथि आक्रमण, तोडफोड र लुटपाटका घटनाहरू भएका छन् । अहिले पनि सञ्चारकर्मीहरूमाथि देशभर धम्की आइरहेको अवस्था छ । देशमा दण्डहीनताको अन्त्य गर्नुपर्ने चुनौती रहेको छ ।’

छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले विभिन्न विषयमा निष्कर्ष निकाल्दै फैसला नै सुनाइसकेको जस्तो देखिएको भन्दै चौतारीले उहाँको भूमिका शङ्कास्पद रहेको दाबी गरेको छ।

‘तटस्थ र निष्पक्ष हुनुपर्नेमा कार्कीको जुन पक्षधरता देखिएको छ, यसले विधिको शासनको खिल्ली उडाउनुका साथै आयोगको निष्पक्षतामाथि समेत प्रश्न खडा गरेको छ,’ विज्ञप्तिमा भनिएको छ– ‘अध्यक्ष कार्कीको भूमिका प्रथम दृष्टिमै शङ्कास्पद देखिएकाले नैतिकताका आधारमा राजीनामा दिन माग गर्दछौँ ।’

प्रेस चौतारीले सरकारले एकातिर निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताको राहदानी रोक्का गर्ने सिफारिस गरेर पूर्वाग्रही ढंगले मिडिया ट्रायल चलाएको तर अर्कोतर्फ आन्दोलनपछि भएका विध्वंसकारी घटनामा संलग्न दोषीमाथि कारबाही नगरी प्रहरीलाई रोक लगाएको भन्दै आपत्ति प्रकट गरि रहेको छ। प्रेस चौतारीका अनुसार सरकारले दिएको निर्देशनले अपराधीको मनोबल बढाउने र प्रहरीको कानुनी अधिकारमाथि हस्तक्षेप गर्ने काम गरेको जनाएको छ।

प्रेस चौतारीले जेनेजी पुस्ताले उठाएका मागप्रति संवेदनशील बन्न र आगामी निर्वाचनको वातावरण निर्माण गर्न सरकारलाई आग्रह समेत गरेको छ। साथै, नयाँ पुस्ताको विचार सुन्ने, छलफल र संवादतर्फ राजनीतिक दलहरू क्रियाशील हुनुपर्नेमा समेत जोड दिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जुलाईमा मात्र ७१ हजार ७७५ विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं,१८ साउन । नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो

कफ्र्यु हटेसँगै गोलबजारको जनजीवन सामान्य बन्दै

गोलबजार (सिरहा),१८ साउन । जिल्ला प्रशासन कार्यालय सिरहाले आइतबार साँझ ७ बजेदेखि कफ्र्यु हटाएपछि गोलबजार क्षेत्रको जनजीवन सोमबारदेखि क्रमशः सामान्य बन्दै गएको छ । सोमबार

कोटीहोममा दुर्घटना, वृद्धको मृत्यु

झापा ,१८ साउन। कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधनको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम

ट्राफिक प्रहरीले गर्यो २४ घण्टामा ८४१ जनालाई कारबाही

काठमाडौं,१८ साउन । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन

सिन्धुलीमा दुर्घटना, सवारको पहिचान खुल्यो

रामेछाप,१८ साउन । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीमा खसेको कारमा सवार यात्रुहरुको पहिचान खुलेको छ । सिन्धुली प्रहरीका अनुसार