यी आर के जसले अनाथ बालबालिकालाई दशैमा नयाँ कपडा वितरण गरे

आश्रममा बसीरहेका यी अवोध बालबालिकाहरलाई कसरी दशैको नयाँ लुगा किनिदिने होला भन्ने चिन्तामा आश्रम थियो ।

 

दमक, १५ असोज । धन ठुलो कि मन ठुलो ? पक्कै पनि मन ठुलो भन्नु हुन्छ होला । तर मन भएर मात्रै के गर्नु धन भएन भने । अ त उसो भए धन ठुलो होला । तपाईको मनमा यस्तै कुराहरुको विवाद चलीरहन पनि सक्छ । तर मन भयो भने धन जुर्न सक्छ र धन भयो भने सबैमा सहयोगको मन नहुन सक्छ । हो दमकका आर के थापाले दमकमा तीन वटा आर के ब्राण्डका रेडिमेड कपडा पसलहरु सञ्चालन गर्दै गरिरहनु भएको छ ।

 

हेर्दा तीन तीन वटा भव्य पसल छन् यती सहयोग त गर्न सकि हाल्छ नी जस्तो हुन सक्नु स्वभावीक हो । तर उहाँ त्यही पीडित व्यक्ति हो जो केहि महिना अघी मात्रै चीनबाट सामान ल्याउँदा पहिरोमा परी करिव डेढ करोडका सामान खोलामा बग्यो । त्यो पनि यस्तो ठाउँमा जहाँ कुनै इन्सौरेन्स समेत दावि गर्न नमिल्ने ठाउँमा ।

 

 

नेपाल र चीनको नाकमा रहेको नदिमा आएको बाढिले त्यहाँको पुलनै भत्काएपछि कयौ कण्डेनरहरु पानीमा बगेका थीए । ती कन्टेनर मध्ये एउटामा उही आर केका करिव डेढ करोढ बढिका सामान थिए । भर्खरै यत्तीको क्षती बिहोर्नेले यही बेला यत्तीका सहयोग चाहि किन गर्नु परेको होला ? धेरैको मनमा यो प्रश्न लाग्न सक्छ । तर आर के लाई यो वर्ष विप्पन्न तथा अनाथ बालबालीकाहरुलाइ कम्तिमा एक सरो कपडा फेरिदिन्छु भन्ने लागेको थियो ।

 

अगाडीनै गरिएको संकल्प उहाँले सोमबार पुरा गर्नु भएको छ । दमक ९ मा रहेको अनाथ बालबृद्धा आश्रममा रहेका सबै बालबालिकाहरुलाई एक सरो मात्रै नभएर दुई दुई सरो कपडानै फेरीदिनु भएको छ । एकजोर दशैमा लगाउने गरिका आकर्षक र अर्कोे जोर चाहि सामान्य घर बस्दा फेरेर लगाउन मिल्ने गरिका कपडा । पारीवारीक संकल्प थियो एक पटक यसखालको आश्रममा सहयोग गर्ने आज त्यो पुरा भयो । थापाले आश्रममा कपडा वतरण गरिसकेपछि प्रतिकृया दिदै भन्नु भयो आमा बुबा र म सहित मेरो परिवारको समेत रहर थियो यहाँ आएर सहयोग गर्ने आज पुरा भएको छ । हामी सबैजना खुसी छौ ।

 

आश्रममा बसीरहेका यी अवोध बालबालिकाहरलाई कसरी दशैको नयाँ लुगा किनिदिने होला भन्ने चिन्तामा आश्रम थियो । तर यही बेला आर के थापाले सबैलाई नयाँ लुगा किनेदिने भनेपछि सस्थाको तनाव हट्यो र सबैले नयाँ लुगा लगाउन पाए । आश्रमकी कार्यवहाक अध्यक्ष मेनुका बुढाथोकी भन्नु हुन्छ तपाईहरुले गर्नु भएको सहयोग प्रति हामी आभारी छौ ।

 

कपडा पाएपछि यी बालबालिकाहरुपनि खुसी भए । सबैको मन हासी खुसी देखिएको थियो । अनी भन्दै थिए । थ्यान्क्यू आर के ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका

मौसम सफा नहुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय तर्फका दुवै उडानमा केही ढिला

काठमाण्डौ,११ कार्तिक। मौसम सफा नहुँदा हवाई उडान पनि प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रियतर्फका दुवै उडान केही