दशैँ मनाँउन साढे ५ लाखले काठमाण्डौ उपत्यका छाडे

काठमाण्डौ उपत्यकामा गाडीको जामले अस्तव्यस्त जस्तै देखिने उपत्यका चोक तथा गल्लीहरु सुनसान जस्तै देखिन थाले

काठमाण्डौ,१५ असोज। सधैं भिडभाड र व्यस्त रहने काठमाण्डौ उपत्यकामा चहलपहल अहिले घट्दै गएको छ । गाडीको जामले अस्तव्यस्त जस्तै देखिने उपत्यकाका चोक तथा गल्लीहरु सुनसान जस्तै देखिन थालेको छ। बिहिबार दशैँको टीका भएकाले पनि उपत्यका सुनसान बन्दै गएको अनुमान गर्न सकिन्छ । पसलहरु पनि पूर्ण रुपमा खेलेका छैनन् । मुख्य–मुख्य चोकहरुमा मात्रै केही मात्रामा चहलपहल देख्न सकिन्छ ।

 

देशका ७७ वटै जिल्लाबाट विभिन्न पेशा तथा व्यवसाय गरेर संघीय राजधानी बस्नेहरु वर्षमा एकपटक दशैँमा घर जाने र परिवारसँगै दशैँ मनाउने गर्दछन् । अहिले गाडीको चापमा झन्डै ५० प्रतिशतले कमि आएको ट्राफिक प्रहरीले बताएको छ । केही मात्रामा सार्वजनिक गाडी समेत चलिरहेका छन् । ट्राफिक प्रहरीका अनुसार अहिलेसम्म झन्डै साढे ५ लाखले काठमाण्डौ उपत्यका छाडि सकेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कोटीहोममा दुर्घटना, वृद्धको मृत्यु

झापा ,१८ साउन। कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधनको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम

ट्राफिक प्रहरीले गर्यो २४ घण्टामा ८४१ जनालाई कारबाही

काठमाडौं,१८ साउन । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन

सिन्धुलीमा दुर्घटना, सवारको पहिचान खुल्यो

रामेछाप,१८ साउन । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीमा खसेको कारमा सवार यात्रुहरुको पहिचान खुलेको छ । सिन्धुली प्रहरीका अनुसार

पूर्वी तराईका मोरङ झापा हुँदै इलाम र ताप्लेजुङसम्मका सवारीहरू जोखिम मोलेर यात्रा गर्न बाध्य

रामेछाप,१८ साउन । काठमाडौंबाट पूर्वी नेपालका विभिन्न जिल्लामा आवतजावत गर्ने प्रमुख तथा सबैभन्दा छोटो मार्गका रूपमा रहेको बिपी राजमार्गको यात्रा वर्षायाममा थप जोखिमपूर्ण बनेको छ

बिहारमा यात्रुवाहक रेलमा आगलागी

काठमाडौं,१८ साउन । भारतको बिहार राज्यस्थित सहरसा जिल्लामा सोमबार बिहान यात्रुवाहक रेलको इन्जिन र त्यससँग जोडिएको एक डब्बामा आगलागी भएको छ । आगलागीपछि यात्रुहरूलाई तत्काल