नव दुर्गा माताले द्धन्द्ध निर्मुल गर्ने शक्ति प्रदान गर्न सकुन

 

दमक, १७ असोज । बडादशैं २०८२ को पावन अवसरमा उज्यालो खबर परिवारको तर्फबाट हाम्रा आदरणीय पाठक, बिज्ञापनदाता , दर्शक तथा श्रोता सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

 

तर यो वर्षको दशैं हामीले विगतका जस्तै उमंग र उल्लासका साथ मनाउन सकिरहेका छैनौं। देश अहिले अत्यन्तै संवेदनशील मोडमा पुगेको छ। हालसालैको जेन जि आन्दोलनले देखाएको असन्तोष, दलहरूको निष्क्रियता, सदनको विघटन, सडकबाट बनेको अन्तरिम सरकार, अनि संविधानमै प्रश्न उठाउने धम्की—यी सबैले हाम्रो भविष्य प्रति गहिरो चिन्ता थपेका छन्।

 

यता विभिन्न समूहले घोषणा गरेका आन्दोलन र चेतावनी, उता आन्दोलनको प्रतिकारमा उत्रिने भनिएका शक्तिहरू। यस्तो अवस्था बढ्दै गए देश फेरि हिंसा, तोडफोड र रक्तपातको दलदलमा नफस्ला भन्ने ग्यारेन्टी छैन। यो दशैंमा हाम्रो मनमा एक मात्र प्रश्न उब्जिएको छ—के हामी अझै पनि संवाद, सहकार्य र आपसी समझदारीबाट समस्याको समाधान खोज्न सक्दैनौं?

 

हामीले अनुभव गरेका पीडा, देखेका विभाजन, सुनेका धम्कीबीच पनि आशा भने बाँकी छ। दुर्गा माताले हामीलाई सहिष्णुता, संयम र सहकार्यको शक्ति प्रदान गरुन्। यो दशैं हाम्रा लागि केवल चाड मात्र नभई राष्ट्रिय एकता र राष्ट्रियताको रक्षा गर्ने आत्मबलको क्षण बनोस्।

 

देश रह्यो भने मात्र हामी रहन्छौं। हामी रह्यौं भने मात्र राष्ट्रियता रहन्छ। यस दशैंले हाम्रा हृदयमा सकारात्मक भावना, सहअस्तित्व र चिन्तनशीलता जगाओस् भन्ने हार्दिक प्रार्थना गर्दछौँ ।

 

हामी उज्यालो खबर परिवारका तर्फबाट सबै पाठक, विज्ञापनदाता र शुभचिन्तकप्रति गहिरो कृतज्ञता व्यक्त गर्दै, सम्पूर्णमा सुख, शान्ति र समृद्धिको शुभकामना अर्पण गर्दछौं।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कोटीहोममा दुर्घटना, वृद्धको मृत्यु

झापा ,१८ साउन। कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधनको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम

ट्राफिक प्रहरीले गर्यो २४ घण्टामा ८४१ जनालाई कारबाही

काठमाडौं,१८ साउन । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन

सिन्धुलीमा दुर्घटना, सवारको पहिचान खुल्यो

रामेछाप,१८ साउन । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीमा खसेको कारमा सवार यात्रुहरुको पहिचान खुलेको छ । सिन्धुली प्रहरीका अनुसार

पूर्वी तराईका मोरङ झापा हुँदै इलाम र ताप्लेजुङसम्मका सवारीहरू जोखिम मोलेर यात्रा गर्न बाध्य

रामेछाप,१८ साउन । काठमाडौंबाट पूर्वी नेपालका विभिन्न जिल्लामा आवतजावत गर्ने प्रमुख तथा सबैभन्दा छोटो मार्गका रूपमा रहेको बिपी राजमार्गको यात्रा वर्षायाममा थप जोखिमपूर्ण बनेको छ

बिहारमा यात्रुवाहक रेलमा आगलागी

काठमाडौं,१८ साउन । भारतको बिहार राज्यस्थित सहरसा जिल्लामा सोमबार बिहान यात्रुवाहक रेलको इन्जिन र त्यससँग जोडिएको एक डब्बामा आगलागी भएको छ । आगलागीपछि यात्रुहरूलाई तत्काल