नव दुर्गा माताले द्धन्द्ध निर्मुल गर्ने शक्ति प्रदान गर्न सकुन

 

दमक, १७ असोज । बडादशैं २०८२ को पावन अवसरमा उज्यालो खबर परिवारको तर्फबाट हाम्रा आदरणीय पाठक, बिज्ञापनदाता , दर्शक तथा श्रोता सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

 

तर यो वर्षको दशैं हामीले विगतका जस्तै उमंग र उल्लासका साथ मनाउन सकिरहेका छैनौं। देश अहिले अत्यन्तै संवेदनशील मोडमा पुगेको छ। हालसालैको जेन जि आन्दोलनले देखाएको असन्तोष, दलहरूको निष्क्रियता, सदनको विघटन, सडकबाट बनेको अन्तरिम सरकार, अनि संविधानमै प्रश्न उठाउने धम्की—यी सबैले हाम्रो भविष्य प्रति गहिरो चिन्ता थपेका छन्।

 

यता विभिन्न समूहले घोषणा गरेका आन्दोलन र चेतावनी, उता आन्दोलनको प्रतिकारमा उत्रिने भनिएका शक्तिहरू। यस्तो अवस्था बढ्दै गए देश फेरि हिंसा, तोडफोड र रक्तपातको दलदलमा नफस्ला भन्ने ग्यारेन्टी छैन। यो दशैंमा हाम्रो मनमा एक मात्र प्रश्न उब्जिएको छ—के हामी अझै पनि संवाद, सहकार्य र आपसी समझदारीबाट समस्याको समाधान खोज्न सक्दैनौं?

 

हामीले अनुभव गरेका पीडा, देखेका विभाजन, सुनेका धम्कीबीच पनि आशा भने बाँकी छ। दुर्गा माताले हामीलाई सहिष्णुता, संयम र सहकार्यको शक्ति प्रदान गरुन्। यो दशैं हाम्रा लागि केवल चाड मात्र नभई राष्ट्रिय एकता र राष्ट्रियताको रक्षा गर्ने आत्मबलको क्षण बनोस्।

 

देश रह्यो भने मात्र हामी रहन्छौं। हामी रह्यौं भने मात्र राष्ट्रियता रहन्छ। यस दशैंले हाम्रा हृदयमा सकारात्मक भावना, सहअस्तित्व र चिन्तनशीलता जगाओस् भन्ने हार्दिक प्रार्थना गर्दछौँ ।

 

हामी उज्यालो खबर परिवारका तर्फबाट सबै पाठक, विज्ञापनदाता र शुभचिन्तकप्रति गहिरो कृतज्ञता व्यक्त गर्दै, सम्पूर्णमा सुख, शान्ति र समृद्धिको शुभकामना अर्पण गर्दछौं।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले