झापामा बाढी र डुवानको संभावना , यी क्षेत्र छन जोखिम

स्थानीय तहलाई बाढी–डुवानमा पर्न सक्ने जनताको उद्दारका लागि सुरक्षा निकाय, संघसंस्था, स्वयंसेवकहरूसँग समन्वय गरी तयारी अवस्थामा रहन निर्देशन

दमक, १८ असोज | झापा जिल्ला प्रशासन कार्यालयले बाढी र डुवानको उच्च जोखिमलाई मध्यनजर गर्दै मेची, बिरीङ, कन्काई लगायतका नदी–खोला किनारमा बसोबास गर्ने घरपरिवारलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रशासनले विशेषतः जोखिममा रहेका स्थानका नागरिकलाई आफ्नो प्रयोगका औषधि, लगाउने लुगाकपडा, लालपुर्जा, नागरिकता, नगद, गरगहना तथा अन्य अत्यावश्यक र बहुमूल्य सामग्री तत्काल बोकेर हिँड्न मिल्ने गरी सुरक्षित पोको बनाई राख्न निर्देशन दिएको छ।

बाढी वा डुवानको अवस्था आइपरेमा त्यस्ता पोको वा झोला लिएर सम्बन्धित वडा कार्यालयले तोकेको सुरक्षित स्थानमा सर्नु पर्ने सूचनासमेत जारी गरिएको छ।

त्यस्तै, स्थानीय तहलाई बाढी–डुवानमा पर्न सक्ने जनताको उद्दारका लागि सुरक्षा निकाय, संघसंस्था, स्वयंसेवकहरूसँग समन्वय गरी तयारी अवस्थामा रहन भनिएको छ।

साथै उद्दारपछि राख्न पहिचान गरिएका विद्यालय, सामुदायिक भवनलगायतका स्थानलाई सफा राख्न, र भवनको तालाचावी बोक्ने व्यक्तिलाई निरन्तर सम्पर्कमा राख्न पनि निर्देशन दिइएको छ।

जिल्ला प्रशासनले उद्योगी, व्यापारी, व्यवसायी तथा विपदमा सहयोग गर्न इच्छुक संघ–संस्था र व्यक्तिहरूलाई स्थानीय तह तथा प्रशासनसँग सम्पर्क र समन्वयमा रहन प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीद्वारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यसैगरी, गलत सूचना प्रवाह हुँदा आम नागरिकमा अनावश्यक त्रास फैलने भएकाले सामाजिक सञ्जाल वा अन्य माध्यममार्फत तथ्यमा आधारित सूचना मात्र सम्प्रेषण गर्न पनि प्रशासनले जोड दिएको छ।

तस्बिर : AI

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले