भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह

काठमाण्डौं,१८ असोज। जल तथा मौसम विज्ञान विभागले शनिबार साँझ ८ देखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

 

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङले मनसुनको अवस्था र पूर्वतयारी सम्बन्धमा सरोकारवालासँग गरेको छलफलमा विभागका महानिर्देशक कमल राम जोशीले अति भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहनुपर्ने बताउनु भयो ।

 

जोशीले विशेषगरी यस अवधिमा बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै ती क्षेत्रका नदी आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दाले विशेष सतर्कता अपनाउन समेत आग्रह गर्नु भएको छ।

 

’यी प्रदेशहरूमा आज राति १० देखि आइतबार बिहान २ बजेसम्म २०० मिलिमिटरभन्दा बढी पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जरुरी छ,’ उहाँले भन्नु भयो। यो समयमा अनावश्यक रूपमा यात्रा नगर्न जोशीले आग्रह समेत गर्नु भएको छ । विभागका अनुसार देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव समेत रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आज देशभर ’बकर ईद’ मनाइँदै

जनकपुर,१४ जेठ। मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व बकर ईद आज धूमधामका साथ मनाइदैछ । मुस्लिम धर्मावलम्बीहरूले मनाउने यो दोस्रो ठुलो महान् पर्व हो । बकरा ईद

प्रचण्डद्वारा बकर ईदको अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना

काठमाडौं,१४ जेठ । नेपाली कम्युनिष्ट पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले बकर ईद पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता, सामाजिक एकता र आपसी सद्भावलाई सुदृढ बनाउन प्रेरणा

बकर ईदको अवसरमा मुख्यमन्त्री कार्कीद्वारा शुभकामना

विराटनगर,१४ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पवित्र पर्व बकर ईद (इद–उल–अधा) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा

चलचित्रलाई शिक्षा र सामाजिक रूपान्तरणको माध्यम बनाउनुपर्छ : महावीर पुन

काठमाडौं,१३ जेठ । स्वतन्त्र सांसद महावीर पुनले आफूले विगत २६ वर्षदेखि कुनै पनि चलचित्र नहेरेको खुलासा गर्नु भएको छ । प्रतिनिधिसभा बैठकमा चलचित्र विधेयकमाथिको छलफल

वीरगन्जका मेयर सिंहलाई पक्राउ गर्न प्रहरी परिचालन

वीरगन्ज ,१३ जेठ। किर्ते नागरिकता मुद्दामा पक्राउ अनुमति जारी भएपछि फरार रहेका वीरगन्ज महानगरपालिकाका नगरप्रमुख (मेयर) राजेशमान सिंहको खोजी कार्यलाई जिल्ला प्रहरी कार्यालय पर्साले तीव्र

डि पि एल उर्लाबारी द्वारा निःशुल्क दन्त शिविर सम्पन्न

उर्लाबारी, १३ जेठ  । उर्लाबारी वार्ड नं। १ स्थित सुन्दह इङ्गलिस बोर्डिङ स्कूलमा डि पि एल उर्लाबारीको आयोजना र ॐ शान्ति डेन्टल हस्पिटल, दमक ५,