गए रातिदेखि जारी वर्षाले आज रातिबाट भीषण रूप लिने

वर्षा गराउने प्रणाली पूर्वउत्तर पूर्व दिशातर्फ सरिरहेको र ती क्षेत्रहरूमा थप वर्षा हुने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह

काठमाण्डौं,१८ असोज । गए रातिदेखि जारी वर्षाले शनिबार रातिबाट भीषण रूप लिने भएको छ । शनिबार राति १० बजेदेखि २ बजेसम्म अति भारी वर्षा हुने जल तथा मौमम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार अविरल वर्षाले ४० जिल्ला बढी प्रभावित हुनेछन् । ती जिल्लामा बाढीपहिरोका साथै डुबान हुने सम्भावना रहेको छ ।

 

विभागका अनुसार उच्च जोखिममा काठमाडौं उपत्यका पनि रहेको छ । विभागले उल्लेख गरेको सूचीअनुसार काठमाडौं उपत्यकाबाहेक बागमती प्रदेशका मकपवानपुर, सिन्धुली र चितवन बढी प्रभावित हुनेछन् । रामेछाप, सिन्धुपलाञ्चोक, काभ्रे, दोलखा पनि अति उच्च जोखिमको सूचीमा रहेका छन् ।

 

त्यसैगरी, मधेश प्रदेशका जिल्लाहरू महोत्तरी, पर्सा, रौतहट, बारा र सर्लाही पनि बढी प्रभावित हुनेछन् भने धनुषा, सप्तरी र सिरहा पनि प्रभावित हुनेछन् । ती जिल्लामा पनि भारी वर्षा सुरु हुन लागेको छ । त्यसैगरी कोशी प्रदेशका जिल्लाहरू उदयपुर र सुनसरी पनि बढी प्रभावित हुने जिल्लामा परेका छन् ।

 

इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट र धादिङमा पनि बाढीको उच्च जोखिम छ । ती जिल्लासँगै गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्लाहरू उच्च जोखिममा परेका छन् । विभागका अनुसार कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दियामा मध्यम जोखिमको सूचीमा परेका छन् ।

अहिले कोशी प्रदेशदेखि गण्डकी प्रदेशको पूर्वी भू–भागसम्म अधिकांश स्थानहरूमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । विभागले वर्षा गराउने प्रणाली पूर्वउत्तर पूर्व दिशातर्फ सरिरहेको र ती क्षेत्रहरूमा थप वर्षा हुने सम्भावना रहेकोले सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वीरगञ्जबाट निषेधाज्ञा हट्यो

पर्सा,१७ साउन । वीरगञ्जमा केही दिनदेखि लागू गरिएको निषेधाज्ञा आइतबारदेखि हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा अवस्थाको समीक्षा गर्दै निषेधाज्ञा हटाउने निर्णय गरेको हो।प्रमुख

’नेपालका लागि संवैधानिक राजसंस्था अपरिहार्य छ’: मनिषा कोइराला

काठमाडौं,१६ साउन । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताउनु भएको छ।शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको

गृहमन्त्रीद्वारा जायज माग पूरा गर्ने आश्वासन, दोस्रो चरणको छलफल आजै

जनकपुर,१६ साउन । गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ संस्थाहरुका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।शनिबार जनकपुरधाममा करीब ३ घण्टा वार्ता

दमकमा हजारभन्दा बढी ट्रामाडोल क्याप्सुल सहित तीन जना पक्राउ

दमक, १६ साउन । झापाको दमक नगरपालिका–५ स्थित आकाशे पुल नजिक सार्वजनिक सडक क्षेत्रमा लागुऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा तीन जनालाई

विश्वलाई चकित पार्ने साहसी नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन

काठमाडौँ,१६ साउन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएको छ। उहाँ संस्थापक रहेको आरोहण कम्पनी

जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण, ८२ जनाले लिए सेवा

दमक,१६ साउन । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै झापाको दमकमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। दमक–६ नगरपालिका रोडस्थित भट्टराई ओखती घर तथा क्लिनिककी सञ्चालिका