गए रातिदेखि जारी वर्षाले आज रातिबाट भीषण रूप लिने

वर्षा गराउने प्रणाली पूर्वउत्तर पूर्व दिशातर्फ सरिरहेको र ती क्षेत्रहरूमा थप वर्षा हुने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह

काठमाण्डौं,१८ असोज । गए रातिदेखि जारी वर्षाले शनिबार रातिबाट भीषण रूप लिने भएको छ । शनिबार राति १० बजेदेखि २ बजेसम्म अति भारी वर्षा हुने जल तथा मौमम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार अविरल वर्षाले ४० जिल्ला बढी प्रभावित हुनेछन् । ती जिल्लामा बाढीपहिरोका साथै डुबान हुने सम्भावना रहेको छ ।

 

विभागका अनुसार उच्च जोखिममा काठमाडौं उपत्यका पनि रहेको छ । विभागले उल्लेख गरेको सूचीअनुसार काठमाडौं उपत्यकाबाहेक बागमती प्रदेशका मकपवानपुर, सिन्धुली र चितवन बढी प्रभावित हुनेछन् । रामेछाप, सिन्धुपलाञ्चोक, काभ्रे, दोलखा पनि अति उच्च जोखिमको सूचीमा रहेका छन् ।

 

त्यसैगरी, मधेश प्रदेशका जिल्लाहरू महोत्तरी, पर्सा, रौतहट, बारा र सर्लाही पनि बढी प्रभावित हुनेछन् भने धनुषा, सप्तरी र सिरहा पनि प्रभावित हुनेछन् । ती जिल्लामा पनि भारी वर्षा सुरु हुन लागेको छ । त्यसैगरी कोशी प्रदेशका जिल्लाहरू उदयपुर र सुनसरी पनि बढी प्रभावित हुने जिल्लामा परेका छन् ।

 

इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट र धादिङमा पनि बाढीको उच्च जोखिम छ । ती जिल्लासँगै गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्लाहरू उच्च जोखिममा परेका छन् । विभागका अनुसार कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दियामा मध्यम जोखिमको सूचीमा परेका छन् ।

अहिले कोशी प्रदेशदेखि गण्डकी प्रदेशको पूर्वी भू–भागसम्म अधिकांश स्थानहरूमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । विभागले वर्षा गराउने प्रणाली पूर्वउत्तर पूर्व दिशातर्फ सरिरहेको र ती क्षेत्रहरूमा थप वर्षा हुने सम्भावना रहेकोले सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले