मन्त्री घिसिङद्धारा अति भारी वर्षाका कारण सम्भावित जोखिमबाट सचेत रहन आग्रह

काठमाण्डौं,१८ असोज।भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अति भारी वर्षाका कारण सम्भावित जोखिमबाट सचेत रहन आग्रह गर्नु भएको छ ।

 

मन्त्री घिसिङले भारी वर्षाका कारण सम्भावित बाढी, पहिरो, डुबानलगायतका जोखिमप्रति सावधानी अपनाउन र यात्रा गर्दा विशेष सतर्कता राख्न अनुरोध गर्नू भएको छ।

देशभर वर्षा भइरहेको बेला शनिबार मन्त्रालयमा आयोजित समन्वय बैठकमा मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभाग, जलस्रोत तथा सिँचाइ विभाग र जल तथा मौसम विज्ञान विभागका महानिर्देशकहरूसँग छलफलगर्नू भएको थियो। छलफलपछि मन्त्री घिसिङले आवश्यक तयारी अवस्था बलियो बनाउन निर्देशन दिनु भएको छ।

मन्त्री घिसिङले कर्मचारी र प्राविधिक टोलीलाई तयारी अवस्थामा रहन पनि आग्रह गर्नू भएको छ । साथै, आवश्यक उपकरण तथा संरचना सुरक्षित राख्न निर्देशन दिनु भएको छ । वर्षाले सडक, सिँचाइ र जलविद्युत् आयोजनामा क्षति पु¥याउने सम्भावना भएकाले गेट सञ्चालनमा विशेष ध्यान दिन र नदी–खोला किनारका उपकरण सुरक्षित स्थानमा सार्न उहाँको निर्देशन छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वीरगञ्जबाट निषेधाज्ञा हट्यो

पर्सा,१७ साउन । वीरगञ्जमा केही दिनदेखि लागू गरिएको निषेधाज्ञा आइतबारदेखि हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा अवस्थाको समीक्षा गर्दै निषेधाज्ञा हटाउने निर्णय गरेको हो।प्रमुख

’नेपालका लागि संवैधानिक राजसंस्था अपरिहार्य छ’: मनिषा कोइराला

काठमाडौं,१६ साउन । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताउनु भएको छ।शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको

गृहमन्त्रीद्वारा जायज माग पूरा गर्ने आश्वासन, दोस्रो चरणको छलफल आजै

जनकपुर,१६ साउन । गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ संस्थाहरुका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।शनिबार जनकपुरधाममा करीब ३ घण्टा वार्ता

दमकमा हजारभन्दा बढी ट्रामाडोल क्याप्सुल सहित तीन जना पक्राउ

दमक, १६ साउन । झापाको दमक नगरपालिका–५ स्थित आकाशे पुल नजिक सार्वजनिक सडक क्षेत्रमा लागुऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा तीन जनालाई

विश्वलाई चकित पार्ने साहसी नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन

काठमाडौँ,१६ साउन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएको छ। उहाँ संस्थापक रहेको आरोहण कम्पनी

जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण, ८२ जनाले लिए सेवा

दमक,१६ साउन । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै झापाको दमकमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। दमक–६ नगरपालिका रोडस्थित भट्टराई ओखती घर तथा क्लिनिककी सञ्चालिका