बाढी र पहिरोको बितण्डा : कोशीमा जनधनमा ठूलो क्षति, कहा के भयो ?

 

दमक, असोज २० । कोशी प्रदेशमा मनसुनजन्य विपद्का कारण ठुलो जनधनको क्षति भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार बाढी र पहिरोमा परी हालसम्म ४३ जनाले ज्यान गुमाएका छन् भने दशौं हजार मानिस विस्थापित भएका छन् । विपद्बाट इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ । त्यसैगरी, पाँचथर र मोरङमा २–२ जना, उदयपुरमा २ जना र खोटाङमा ३ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । इलाममा एक जना अझै बेपत्ता छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म ५ हजार ९२५ घरका २६ हजार ९८४ जना विस्थापित भएका छन् । विपद्मा फसेका ५३२ जनाको उद्धार गरिएको छ । विवरणअनुसार १६ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । जसमा इलाममा १४ र पाँचथरमा २ घर रहेका छन् ।इलाम, पाँचथर र ताप्लेजुुङ जोड्ने मेची राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । इलामको राजदुवालीमाथिको सडकमा पहिरो गएपछि उक्त राजमार्ग बन्द भएको हो । मेची राजमार्गका अन्य धेरै स्थानमा पनि पहिरो गएर अवरुद्ध भएको इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।

इलाम–झापा जोड्ने छोटो दुुरीको केचना–कञ्चनजङ्घा सडकमा पर्ने पुवा खोलाको बेलीब्रिज पनि शनिबार रातिको बाढीले बगाएको छ ।यसैगरि झापा गाउँपालिकास्थित सानोमाई खोलाको पुल बाढीले भत्काएको छ । बाढीले पुल भत्काउँदा झापा बजार, मिलन बस्ती तथा सुगा बथान जोड्ने हुलाकी सडक खण्ड अवरुद्ध बनेको छ ।अविरल वर्षासँगै केशलीया, सिंघिया, बक्राहा र रतुवा खोलामा आएको बाढीले विराटनगरसहित मोरङका विभिन्न स्थानमा ठुलो क्षति र्पुयाएको छ ।

यसैबीच सप्तकोशी नदीको बहाव आज साँझ प्रतिसेकेण्ड पाँच लाख ३३ हजार ५४० क्युसेक पुगेको छ । पानीको बहाव असामान्य रुपमा बढेकोले मध्याह्नदेखि कोशीको ५६ वटै ढोका खोलिएको छ । ब्यारेजबाट अति आवश्यक बाहेकको सवारी साधन आगवनमा रोक लगाएको छ । पहाडी जिल्लामा पानी निरन्तर परिरहेकाले नदीमा पानीको बहाव बढ्दै जाने अनुमान गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले