बाढी र पहिरोको बितण्डा : कोशीमा जनधनमा ठूलो क्षति, कहा के भयो ?

 

दमक, असोज २० । कोशी प्रदेशमा मनसुनजन्य विपद्का कारण ठुलो जनधनको क्षति भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार बाढी र पहिरोमा परी हालसम्म ४३ जनाले ज्यान गुमाएका छन् भने दशौं हजार मानिस विस्थापित भएका छन् । विपद्बाट इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ । त्यसैगरी, पाँचथर र मोरङमा २–२ जना, उदयपुरमा २ जना र खोटाङमा ३ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । इलाममा एक जना अझै बेपत्ता छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म ५ हजार ९२५ घरका २६ हजार ९८४ जना विस्थापित भएका छन् । विपद्मा फसेका ५३२ जनाको उद्धार गरिएको छ । विवरणअनुसार १६ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । जसमा इलाममा १४ र पाँचथरमा २ घर रहेका छन् ।इलाम, पाँचथर र ताप्लेजुुङ जोड्ने मेची राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । इलामको राजदुवालीमाथिको सडकमा पहिरो गएपछि उक्त राजमार्ग बन्द भएको हो । मेची राजमार्गका अन्य धेरै स्थानमा पनि पहिरो गएर अवरुद्ध भएको इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।

इलाम–झापा जोड्ने छोटो दुुरीको केचना–कञ्चनजङ्घा सडकमा पर्ने पुवा खोलाको बेलीब्रिज पनि शनिबार रातिको बाढीले बगाएको छ ।यसैगरि झापा गाउँपालिकास्थित सानोमाई खोलाको पुल बाढीले भत्काएको छ । बाढीले पुल भत्काउँदा झापा बजार, मिलन बस्ती तथा सुगा बथान जोड्ने हुलाकी सडक खण्ड अवरुद्ध बनेको छ ।अविरल वर्षासँगै केशलीया, सिंघिया, बक्राहा र रतुवा खोलामा आएको बाढीले विराटनगरसहित मोरङका विभिन्न स्थानमा ठुलो क्षति र्पुयाएको छ ।

यसैबीच सप्तकोशी नदीको बहाव आज साँझ प्रतिसेकेण्ड पाँच लाख ३३ हजार ५४० क्युसेक पुगेको छ । पानीको बहाव असामान्य रुपमा बढेकोले मध्याह्नदेखि कोशीको ५६ वटै ढोका खोलिएको छ । ब्यारेजबाट अति आवश्यक बाहेकको सवारी साधन आगवनमा रोक लगाएको छ । पहाडी जिल्लामा पानी निरन्तर परिरहेकाले नदीमा पानीको बहाव बढ्दै जाने अनुमान गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

’नेपालका लागि संवैधानिक राजसंस्था अपरिहार्य छ’: मनिषा कोइराला

काठमाडौं,१६ साउन । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताउनु भएको छ।शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको

गृहमन्त्रीद्वारा जायज माग पूरा गर्ने आश्वासन, दोस्रो चरणको छलफल आजै

जनकपुर,१६ साउन । गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ संस्थाहरुका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।शनिबार जनकपुरधाममा करीब ३ घण्टा वार्ता

दमकमा हजारभन्दा बढी ट्रामाडोल क्याप्सुल सहित तीन जना पक्राउ

दमक, १६ साउन । झापाको दमक नगरपालिका–५ स्थित आकाशे पुल नजिक सार्वजनिक सडक क्षेत्रमा लागुऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा तीन जनालाई

विश्वलाई चकित पार्ने साहसी नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन

काठमाडौँ,१६ साउन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएको छ। उहाँ संस्थापक रहेको आरोहण कम्पनी

जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण, ८२ जनाले लिए सेवा

दमक,१६ साउन । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै झापाको दमकमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। दमक–६ नगरपालिका रोडस्थित भट्टराई ओखती घर तथा क्लिनिककी सञ्चालिका

सम्भु राईको झापामा दुई दिन सांगीतिक प्रस्तुति रहने

दमक,१६ साउन । दृष्टिविहीन समुदायको आत्मनिर्भर भविष्य निर्माण र उनीहरूको शिक्षामा टेवा पु¥याउने उद्देश्यले आदिवासी जनजाति नेत्रहीन संघ झापाले राष्ट्रिय गायक शम्भु राईको विशेष प्रस्तुतिसहित